विराटनगरस्थित लर्ड बुद्ध कलेजले २ सय जना बिद्यार्थीलाई छात्रवृतिमा पढाउने

बिराटनगर / विराटनगरको लर्ड बुद्ध कलेजले कक्षा ११ मा पढ्ने २ सय विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाउने आह्वान गरेको छ। न्यूरो हस्पिटलद्वारा सञ्चालित सो कलेजले चालु शैक्षिक सत्रमा शत प्रतिशत छात्रवृत्तिसहित २ सय विद्यार्थीलाई पढाउने कलेजका प्रबन्ध निर्देक राजेश भट्टराईले जानकारी दिए।

छात्रवृत्तिको स्किमका लागि विद्यार्थीले एसईईमा ३ दशमलव ८५ वा सो भन्दामाथि जीपीएसहित उत्तीर्ण भएको हुनुपर्ने कलेजका प्रधानाध्यापक सरोज भट्टराईले जानकारी दिए। उनले हाल कोरोनाको महामारीका बेला विद्यार्थीहरू शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्य राखिएको र हाल विद्यार्थीले अध्ययन गरिरहेको विभिन्न अनलाइन कक्षाका लागि यो छात्रवृत्तिको आह्वान गरिएको बताए।

कलेजले छात्रवृत्तिका लागि आह्वान गरेसँगै विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढिसकेको उनले जानकारी दिए। दूर शिक्षा नामक छात्रवृत्तिमा ‘फस्ट कम फस्ट सर्भिस’का आधारमा छात्रवृत्ति दिइने छ। यो छात्रवृत्तिका लागि विद्यार्थीले विज्ञान र मानविकी संकायका लागि दावी गर्न सक्ने छन्। हाल यस कलेजले १ विद्यार्थी १ सिट सहितको अवधारणा कार्यान्वयनमा ल्याएको छ। साथै सम्पूर्ण कक्षा कोठालाई अत्याधुनिक प्रविधियुक्त बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित