प्राध्यापक द्वय बिचकाे यौनजन्य संवादले जनता क्याम्पसमा ल्याएकाे तरङ्ग

इटहरी / केहि समय पहिले इटहरीकाे जनता बहुमुखी क्याम्पसका दुइ प्राध्यापक बिच भएकाे फाेन संवादकाे तरङ्ग अहिले सम्म ताजा नै छ । त्यसबेला एक महिला प्राध्यापिकाले पुरूष प्राध्यापकबाट यौनजन्य संवादमार्फत् दुव्र्यवहार भएको आराेप गरेएकी थिइन् । अहिले साेहि बिषयलाइ लिएर बिद्यार्थी संगठनहरूले कारबाहिकाे माग गरिरहेका छन् । प्राध्यापक द्वयकाे कारण कलेजकाे बदनाम भएकाे भन्दै उनीहरूकाे कारबाहिकाे माग गर्दै संचालक समितिलाइ दवाब दिइरहेका छन् । फाेन संवाद बाहिर आएकाे केहि दिन पछि नै प्राध्यापक द्वय बिच सहमति भएकाे र घटना टुङ्गिएका समाचारहरू पनि सार्वजनिक भएका थिए ।

प्राध्यापक द्वय बिच सहमति भए पनि विद्यार्थी संगठनहरले कारबाहिकाे माग निरन्तर राखि रहेका छन् । घटना भएकाे एक महिना पुग्न लाग्दा विद्यार्थी संगठनकाे याे घटनालाइ जाेड बलका साथ उठाइ रहेका छन् । विभिन्न समयमा संचालक समिति समक्ष कारबाहिकाे माग राखेका संगठनहरू अहिले आक्रमक रूपमा प्रस्तुत भएका छन् । अहिले क्याम्पस संचालक समितिका अध्यक्ष रेवती रवण भण्डारीसहित दुई जना प्राध्यापकलाई क्याम्पस प्रवेशमा रोक लगाएको छ । विद्यार्थी संगठनले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो निर्णय गरेको हुन् ।

विगतमा गल्तिलाई ढाकछोप गरिए पनि अब कुनैपनि हालतमा दोषीलाई बचाउन खोज्ने दुवै पक्षलाई कडाभन्दा कडा कारबाही गर्न साथै क्याम्पस र विद्यार्थी हितको लागि जुनसुकै हद सम्म जान तयार रहेको विद्यार्थी नेताहरूले बताएका छन् । उनिहरूले यस्ता गलत कार्यकाे बिरूद्ध विद्यार्थी एकतामा समेत जाेड दिएका छन् ।

संचालक समिति अध्यक्ष भण्डारी तत्कालिन संबिधान सभा सदस्य समेत हुन् । सक्षम व्यक्ति संचालक समितिकाे नेतृत्वमा आए पछि क्याम्पसले फड्काे मार्ने धेरैकाे आस छ । तर क्याम्पस यस्तै साना बिषयमा बारम्बार बिवाद आइरहदा आम अभिभावक र विद्यार्थीमा नराम्राे सन्देश गइरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित