इटहरीस्थित ग्रिनपिस लिङ्कन कलेजकाे यस्तो सम्म बदमासी, लकडाउन अबधिको शुल्क अनिबार्य तिर्न विद्यार्थीलाई दबाव

इटहरी । सुनसरीको इटहरी स्थित ग्रिनपिस लिङ्कन कलेजले पढाई नै नभएको लकडाउन अबधिको समेत बिभिन्न बहाना बनाएर शुल्क तिर्न विद्यार्थी तथा अभिभाबकहरूलाइ बाध्य बनाएको छ । कोरोना संक्रमणले लामो समय पठनपाठन नभएको समयमा समेत कलेजले अनिबार्य बिभिन्न शिर्षक खडा गरि शुल्क तिर्न दबाव दिन थालेको विद्यार्थी तथा अभिभावकहरूले गुनासो गरेका छन् । पुर्ण पठनपाठन नभएको र अभिभाबकको आर्थिक अवस्था समेत कमजोर भएको समयमा कलेजले अनावश्यक दुःख दिएको उनीहरूको गुनासो छ । कोरोना महामारीको समयमा अनेकौं समस्या झेलिरहेका विद्यार्थीलाई कलेजले अर्को तनाब थपिदिएको छ ।

सरकारले अनलाईन कक्षा सञ्चालन गरेकाे शुल्क लिन नपाउने निर्देशन दिईरहेका बेला सो कलेजले भने केही घण्टा अनलाइन कक्षा संञ्चालन गरेकै आधारमा शुल्क तिर्न दबाव दिएको प्रमाण समेत फेला परेको छ । विद्यार्थीलाइ परिक्षा हुनसक्ने भन्दै शुल्क तिर्न तथा फर्म भर्न समेत ताकेता गरेको विद्यार्थीहरूको गुनासो छ । शुल्क नतिरे कलेजबाट निष्कासन गरिदिने भन्दै बारम्बार धम्की आइरहेको कुरा समेत व्यक्त गरेका छन् ।

यसकारण आफु तथा परिवारमा मानसिक समस्या परेको समेत उनले बताए । सरकारले विद्यालय र कलेज सहितका शैक्षिक संस्थाहरु भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेपनि सो कलेजले बिभिन्न शिर्षकमा स्नातकतहका बिद्यार्थीसँग रकम असुलिरहेको अभिभावकहरु गुनासो गर्छन । परिक्षा सञ्चालनका बिषयमा पनि कुनै ठोस निर्णय सार्वजनिक भएको छैन् ।

त्यसैगरी सरकारले बैकल्पिक सिकाइ सहजिरण निर्देशिका २०७७ ल्याएको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन भएको छैन् । सरकारले अनलाइन कक्षा संचालन गरेको शुल्क दिन सक्ने कुनै प्रष्ट निर्णय समेत नगरेको अबस्थामा सो कलेजले बिभिन्न बहानामा बिद्यार्थी तथा अभिभावकसँग रकम असुलिरहेको छ । सहजिकरण निर्देशिकामा कुन माध्यमबाट पठनपाठन गर्ने, विद्यार्थीको बर्गीकरण कसरी गर्ने लगायतका कुरा उल्लेख भएपनि शुल्क उठाउन पाउने कुनै व्यवस्था गरेको छैन् ।

यस बिषयमा कलेजका प्रिन्सिपल धर्म न्यौपानेसँग बुझ्दा विद्यार्थीलाई कुनै दवाव नदिएको बताउँछन । उनले बिद्यार्थीसँग लिङ्कन यूनिर्भसिटीको फाइनल परिक्षाको फर्म शुल्क मागिएको बताए । न्यौपानेले अभिभाबकलाइ शुल्क तिरेर सहयोग गरिदिन आग्रह मात्र गरेको बताए । यस बिषयमा बिद्यार्थीहरुले यूनिर्भसिटीको फाइनल परिक्षा नभइ कलेजले आन्तरिक परिक्षाको बाहानामा शुल्क तिर्न ताकेता गरेको आरोप लगाउँछन । उनीहरूले अनलाइन कक्षा संचालन गरिरहेकाले त्यसको शुल्क मागेको समेत गुनासो गरेका छन ।

नाेट : ग्रिनपिस लिङ्कन कलेज हुनु पर्नेमा अन्यथा भएकोमा क्षमापार्थी छौं ।

प्रतिक्रिया

सम्बन्धित