काठमाण्डौ मेडिकल कलेजको अध्यक्षमा डा.सुनिल शर्मा

बिराटनगर । बिराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिलकुमार शर्मा काठमाण्डौ मेडिकल कलेजको अध्यक्ष बन्न सफल भएका छन ।
केही साताअघि काठमाण्डौ मेडिकल कलेजको समेत शेयर खरिद गरेपछि डा.शर्मा सो कलेजको अध्यक्ष बन्न सफल भएका हुन । नेपाली कांग्रेसका महासमिति सदस्य मोरङ क्षेत्र नं ३ बाट संघीय सांसदका उम्मेदवार समेत बनेका उनी बेलबारी ४ निवासी हुन ।

प्रतिक्रिया

सम्बन्धित