कक्षा ११ काे भर्ना तथा १२ काे पठनपाठन सञ्चालन हुने

इटहरी / उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ सुनसरीले भदौ १७ गते देखी कक्षा ११ तथा भादौ २५ गते देखि कक्षा १२ बाट अनलाईन–अफलाईन भर्ना तथा अनलाईन पठनपाठन गर्ने निर्णय गरेकाे छ । संघले निर्णाय गरी विद्यालय तथा कलेजहरुलाई कोभिड १९ संग सम्बन्धित विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा भर्ना खुल्ला गर्न आव्हान गरेको छ ।

संघद्वारा सोमवार जारी विज्ञप्तीमा एसइई.उत्तृण विद्यार्थीहरुलाई कोभिड–१९ को संक्रमणका बीचमा सुरक्षित रहदै इन्टरनेट र अन्य प्रविधिमार्फत रोजेको शिक्षालयमा भर्ना भई पठनपाठनमा सहभागी बन्न आव्हान गरिएको हाे । शैक्षिक निरन्तरताका लागि हिसानको सकारात्मक पहलमा स्थानीय सरकारहरु, राजनितीक दल, नागरिक समाज तथा अभिभावक, सर्वसाधारणमा सहयोगका लागि आग्रह पनि गरिएको छ । नेपाल सरकारले जारी गरेको वैकल्पिक सिकाई सहजीकरण निर्देशिका–२०७७ को सिर्जनात्मक पक्षहरु कार्यान्वयन गर्न तिनै तहका सरकार चुकेको शिक्षा सरोकारवालाहरुले अनुभव गरिरहेका थिए । त्यस्को परिणामको रुपमा नीजि तथा सार्वजनिक शिक्षालयहरुका लाखौ विद्यार्थीहरु सिकाई सुन्य बस्न बाध्य छन्, लाखौं शिक्षक कर्मचारी बेरोजगार बन्ने खतरा पैदा भएको अवस्थामा अनलाइन–अपलाइन कक्षा सञ्चालन गर्ने हिसानले निर्णय गरेको हो ।

हिसान सचिव सागरप्रसाद भट्टराई व्दारा जारी विज्ञप्तीमा भनिएको छ ‘बन्दाबन्दीको पहिलो चरण २०७६ चैत्र ११ गतेदेखि निरन्तर बन्द रहेका शिक्षालयहरु अझै खुल्न सकेका छैनन् । ५ महिनादेखि शिक्षालयहरु खुल्न नसक्दा देशको शैक्षिक सत्र नै जोखिममा परेको छ ।

प्रतिकुल परिस्थितीमा पनि विद्यार्थीको सिकाई र शिक्षालयको पठनपाठनलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न नेपाल सरकारले जारी गरहेको वैकल्पिक सिकाई सहजीकरण निर्देशिका–२०७७ र यसका सिर्जनात्मक पक्षहरु कार्यान्वयनको पहलकदमीमा तिनै तहका सरकार आफै चुकेको अनुभूति आम शिक्षा सरोकारवालाहरुले गरिरहेका छन् ।’ नोबेल कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारी रोकथामका लागि सरकारद्वारा जारी लकडाउन जारीनै छ । महामारीको कुप्रभाव बढ्दै जादा देश र समाजका सबै पेशा, व्यवसाय, उत्पादन, वितरण, रोजगारी लगायत पक्षहरु आक्रान्त बनेको उल्लेख गर्दै विज्ञप्तीमा ५ महिनादेखि शिक्षालयहरु खुल्न नसक्दा देशको शैक्षिक सत्र नै जोखिममा परेको छ ।

प्रतिकुल परिस्थितीमा पनि विद्यार्थीको सिकाई र शिक्षालयको पठनपाठनलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न नेपाल सरकारले जारी गरहेको वैकल्पिक सिकाई सहजीकरण निर्देशिका–२०७७ र यसका सिर्जनात्मक पक्षहरु कार्यान्वयनको लागि हिसानले निर्णय गरेको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, यो बिषम परिस्थितीको सामना गर्दै विद्यार्थीको पढ्न पाउनुपर्ने नैसर्गिक अधिकारको सुनिश्चितताको लागि सबै तहका सरकार मात्र होइन्, राजनितीक दल, नागरिक समाज र शिक्षा सरोकारवालाहरुको सचेत बहस र सकारात्मक पहलको आवश्यकता जरुरी भएको छ । बन्दाबन्दीको केन्द्रिक्रित रुप परिवर्तन भई स्थानीय सरकारका बन्दाबन्दी र जिल्ला प्रशासन कार्यालयका निषेधाज्ञाको होडबाजीका बीचमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एस.इ.ई. २०७६ को नतिजा २०७७ श्रावण २६ गते प्रकाशित गरिसकेको छ । बन्दाबन्दीले कक्षा १० सम्मका विद्यार्थी आक्रान्त बनिरहेको परिस्थितीमा भएको यो नतिजा प्रकाशन पछि कक्षा ११ को भर्ना र कक्षा ११/१२ को पठनपाठन पनि पेचिलो बिषय बनेको छ ।

एसईई उत्र्तिण विद्यार्थीहरुले कक्षा ११ मा भर्ना लिई पढ्न पाउनु उनीहरुको आधारभूत अधिकार हो । यो अधिकारको सुनिश्चितताको लागि सुनसरीको संस्थागत शिक्षालयहरुको छाता संगठनको रुपमा हिसान सुनसरीले सचेत, सकारात्मक र सिर्जनात्मक पहलकदमी लिएको सम्बन्धित सबैमा जानकारी अनुरोध गर्दछौं । विद्यार्थीले पढ्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न महामारीले सिर्जना गरेको प्रतिकुल परिस्थितीमा वैकल्पिक प्रणालीको प्रयोग गर्दै यही २०७७ भाद्र १७ गतेदेखि कक्षा ११ को अनलाईन प्रवेश परिक्षा र अनलाईन अफलाईन भर्ना अघि बढाउने हिसान सुनसरीको अभियानका साथ दिन आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं । यही विज्ञप्तिलाई आधार मानी प्रविधिको सिर्जनात्मक प्रयोग र कोभिड १९ संग सम्बन्धित विश्व स्वास्थ्य संगठनको प्रोटोकलका आधारमा कक्षा ११ को भर्ना खोल्न सम्पूर्ण सदस्य शिक्षालयहरुलाई आव्हान गर्दछौं ।

गत श्रावण २७ गते अनलाईन खबरमा प्रकाशित समाचारमार्फत २०७७ भाद्र १६ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने नेपाल सरकारको निर्णय सार्वजनिक भइसकेको छ । त्यस्तै यही भाद्र १५ गते राष्ट्रिय समाचारपत्रमा प्रकाशित समाचारले नेपाल सरकारलाई नै उद्र्धित गर्दै वैकल्पिक सिकाई सहजीकरण निर्देशिका परिमार्जन गरी शुल्कसम्बन्धि जिम्मेवारी र दायित्व स्थानीय सरकारलाई दिने तथा अनलाईन कक्षालाई मान्यता दिने कुरा सार्वजनिक भइसकेको छ ।

सरकारका यिनै सुचनाहरुको पक्षमा उभिदै हिसान सुनसरीले कक्षा ११ को लागि यही भाद्र १७ गतेदेखि अनलाईन–अफलाईन भर्ना लिने र यही भाद्र २५ गतेदेखि कक्षा १२ को अनलाईक कक्षा सञ्चालन गर्ने निर्णय लिएको छ । साथै २०७७ आश्विन ५ गतेदेखि कक्षा ११ को अनलाईन मार्फत पठनपाठन सञ्चालन गर्ने पनि जानकारी गरिन्छ । तसर्थ भविष्य निर्माणको महान अभियानमा जुटेका सम्पूर्ण एस.इ.ई.उत्तृण विद्यार्थीहरुलाई कोभिड–१९ को संक्रमणका बीचमा सुरक्षित रहदै इन्टरनेट र अन्य प्रविधिमार्फत आफुले रोजेको शिक्षालयमा भर्ना हुन तथा पठनपाठनमा सहभागी बन्न पनि आव्हान गर्दछौं । साथै हिसानको यो सकारात्मक पहलमा साथ दिन स्थानीय सरकारहरु, राजनितीक दल, नागरिक समाज तथा अभिभावक र आम जनसमुदायमा अपिल गर्दछौं ।

प्रतिक्रिया

सम्बन्धित