इटहरी स्थित हाेटल प्रिमियरद्वारा कक्षा ११ मा भर्ना सुरू, इन्टनशिप सहित आधुनिक प्रविधिकाे प्रयाेग गरी अध्यापन गराउने

इटहरी / सुनसरीकाे इटहरी स्थति हाेटल प्रिमियर स्कुलले कक्षाकाे ११ का लागि भर्ना खुल्ला गरेकाे छ । प्रिमियर स्कुललेमा व्यवस्थापन संकायमा भर्ना सुरू गरेकाे हाे । बिगत ५ बर्ष देखि हाेटल सम्बन्धि विभिन्न बिषयहरूमा अध्यापन गराउदै आएकाे स्कुलले शैक्षिक शत्र २०७७ का लागि हाेटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ट्रावल-टुरिजम बिषयमा भर्ना लिन शुरू गरिएकाे प्रिमियर स्कुलका सञ्चालक सुनिल भुषालले जानकारी दिए ।

काेराेना महामारीका बिच अनलाइन माध्यमबाट भर्ना प्रक्रिया जारी रहेकाे उनले बताए । विद्यार्थी मैत्री र आधुनिक प्रविधिकाे प्रयाेग गरेर विद्यार्थीलाइ अध्यापन गराउने उनकाे भनाइ छ । प्रिमियर स्कुलले विद्यार्थीकाे क्षमता बिकासकाे लागि अध्यनरत समयबाट नै इन्टनशिपकाे व्यवस्था गरकाे छ ।

साथै हाेटल म्यानेज्मेन्टका विद्यार्थीका लागि नियमित कक्षाहरूका साथै अतिरिक्त तालिमहरू समेत प्रदान गरिनुका साथै ३ वटा अलग अलग प्रमाणपत्र प्रदान गरिने भुषालले जानए । उनले विद्यार्थीहरूलाइ काठमाडौं, पाेखरा लगायतका स्थानका क्लाेज क्याम्प तथा  पाँच तारेहाेटलहरूमा अबलाेकन भ्रमण तथा सफ्ट स्किल तालिमकाे समेत व्यवस्था गरेकाे जनाए । साथै दक्ष्य बिध्यार्थीहरूलाइ राेजगारीकाे अवसर समेत प्रदान गरिने बताए ।  प्रिमियर स्कुलबाट संचालित कक्षाहरू सहज अवस्था नभए सम्म अनलाइनबाट संचालन हुने जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित