विराटनगरस्थित नोबेल मेडिकल कलेजका ५५ स्वास्थ्यकर्मीले दिए सामुहिक राजिनामा

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा कार्यरत ५५ स्वास्थ्यकर्मीले सामुहिक राजिनामा दिएका छन् । मंगलबार मेडिकल कलेजको इमरजेन्सी विभागमा काम गर्ने नर्सहरुले आफ्नो माग सुनवाइ नभएपछि सामूहिक राजीनामा दिएका हुन्।

समयमा नै पारिश्रमिक नपाएको र कोरोना महामारीमा काम गर्दा प्रोत्साहन भत्ता नपाएको उनीहरुले बताएका छन् । सम्पूर्ण स्वास्थ्यकर्मीहरूको जीवन बिमा गरिदिनुपर्ने, अस्पतालमा कार्यरत कोही पनि संक्रमित भएमा सम्पूर्ण खर्च, प्लाज्मा थेरापी, आइसियु र भेन्टिलेटरको खर्च अस्पतालले व्यहोर्नुपर्नेलगायतका सात बुँदे माग राखेका थिए।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले राखेको माग सुनवाइ नभएपछि उनीहरुले सामूहिक रुपमा राजीनामा दिएका हुन्। अस्पताल प्रशासनले आफ्नोहरुले सुरक्षाको विषयमा कहिल्यै चासो नदिएको नर्सहरुको दाबी छ । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको नोबेलकै एकजना नर्सलाई अस्पताल प्रशासनले लक्षण नदेखिएको भन्दै अस्पतालको आइसोलेनमा नराखी होम आइसोलेनमा बस्नुपर्ने भनेको थिए। नर्सहरूले राखेको माग सुनवाइ नभएपछि राजीनामा दिन बाध्य भएको बताइएको छ। हालसम्म नोबेल अस्पतालका कार्यरत एक दर्जन नर्स कारोना संक्रमित भइसकेका छन् ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले कर्मचारीले राजीनामा पत्र बुझाएको जानकारी दिए । उनका अनुसार कर्मचारीले पाँच हजार पारिश्रमिक थप गर्नुपर्ने माग राखे पनि व्यवस्थापनले याे परिस्तिथिमा दिन नसक्ने बताएको छ । अस्पतालले छलफल मार्फत याे समस्या समाधान गर्न तत्पर रहेकाे दाहालले बताए ।

प्रतिक्रिया

सम्बन्धित