इटहरी अस्पतालकाे नियमित सेवा सञ्चालन

इटहरी / इटहरी अस्पतालमा बन्द रहेकाे सेवा नियमित सञ्चालनमा आएकाे छ । अस्पतालमा कार्यरत एक जना र अस्पतालमा उपचारका लागि आएका एक जनामा समेत संक्रमण पुष्टि भए पछि भाद्र ६ गते सुचना जारी गर्दै अस्पतालले इमर्जेन्सी, डेलिभरी र फिभर किल्निक बाहेकका सेवा बन्द गरेकाे थियाे ।

अस्पतालले मंगलबार अर्काे सुचना जारी गर्दै भदाै १० गतेबाट नियमित सेवा सञ्चालन गरिने जानकारी दिएकाे छ । संक्रमितकाे सम्पर्कमा आएका अस्पतालका कर्माचारीकाे पिसिआर परिक्षणकाे नतिजा नेगेटिभ आएकाले सेवा सुरू गरेका अस्पतालले बताएकाे छ ।

यसअघि अस्पतालले भदाै ६ गते भन्दा ५ दिन अघि अस्पतालबाट एक्स-रे र ल्याव सेवा लिएकालाइ पिसिआर परिक्षणका अस्पतालमा सम्पर्क गर्न भनेकाे थियाे । अस्पतालले त्यस्ताे सेवा लिएकालाइ घरमा सुरक्षा सावधानी सहित अइसाेलेशनमा बस्न अनुराेध समेत गरेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित