विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई

काठमाडौँ  । स्थानीय तहका प्रमुखहरुले सरकारलाई शैक्षिक सत्र सुरु भएको घोषणा गर्न सुझाव दिएका छन् । उनीहरुले शिक्षामन्त्री गिरीराजमणी पोखरेलसँगको अन्तरक्रियामा त्यस्तो सुझाव दिएका हुन् । मन्त्री पोखरेलले कोरोनाभाइरस संक्रमणले शिक्षामा पारेको प्रभाव र भविष्यमा अपनाउनुपर्ने रणनीतिका विषयमा सुझाव लिन प्रदेश एक, दुई, बागमती तथा पाँच नम्बरका सामाजिक विकास मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेका थिए ।

उनीहरुले शैक्षिक सत्र सुरु भएको घोषणा गर्न सकिए विद्यार्थीहरुमा सिकाइका लागि उत्प्रेरणा जाग्ने बताए । छलफलमा संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने नगर्ने निर्णय गर्ने अधिकार स्थानीय तहलाई नै दिन उपयुक्त हुने पनि सुझाव दिइएको थियो । त्यसैगरी, सरकारले अवलम्बन गरेको वैकल्पिक सिकाईका उपायहरु प्रभावकारी नभएको पनि उपस्थितहरुले बताएका छन् । विद्यालयहरुले प्रदान गरेका स्वअध्ययन सामाग्री तुलनात्मक रुपमा प्रभावकारी भएको उनीहरुले जनाएका छन् ।

छलफलमा शिक्षामन्त्री पोखरेलले विद्यालय सञ्चालन गर्न नसकेको अवस्था भए पनि विद्यार्थीको सिकाइमा भने निरन्तरता दिनुपर्ने बताएका छन् । त्यस्तै, उनले पाठ्यक्रम भार घटाएर भए पनि शैक्षिक सत्र खेर जान दिन नहुने बताएका ह्न् ।

प्रतिक्रिया

सम्बन्धित