नेपालमै पहिलाे पटक निजि क्षेत्रबाट विराट मेडिकल कलेजमा काेराेना संक्रमितकाे उपचार सुरू

विराटनगर / विराट मेडिकल कलेजमा नेपालमै पहिलाे पटक निजि क्षेत्रबाट काेराेना संक्रमितकाे उपचार सुरू भएकाे छ । साधारण लक्षण देखिएका संक्रमितकाे उपचार गर्नका लागि विराट मेडिकल कलेजमा ६० सैयाकाे हाेल्डिङ्ग सेन्टर बनाइएकाे हाे । विहीबार एक कार्यक्रमका बिच प्रदेश नं १ सरकारका सामाजीक बिकास मन्त्रि जीवन घिमिरेले सेवाकाे सुभारम्भ गरेका छन् । अस्पतालका संचालकले अाफुमा र परिवारका सदस्यमा काेराेना संक्रमण पुष्टि भए पस्चात व्याेहाेर्नु परेकाे कष्ट र चुनाैतिलाइ अत्मसाथा गर्दै अस्पतालका चिकित्सक, स्वाथ्स्यकर्मी, कर्मचारी र सर्बसाधरणकाे त्यस्ताे अवस्था व्याेहाेर्नु नपराेस भनेर सेवा संचालन गरेकाे अस्पतालले जानकारी दिएकाे छ ।

हाेल्डिङ्ग सेन्टर अस्पातालकाे मुख्य भवन भन्दा ८ सय मिटर पर रहेकाे छ, भने अावतजावतका लागि छुट्टै बाटाेकाे व्यवस्था गरिएकाे छ । हाेल्डिङ्ग सेन्टरकाे २० सैया चिकित्सक, स्वाथ्स्यकर्मी र कर्मचारीका लागि छुट्याइएकाे छ । ४० सैयामा सर्बसाधारणले उपचार सेवा पाउने छन् । अस्पतालकाे नियमित सेवा संचालनका लागि कठिन भइरहेकाे अवस्थामा यस्ताे सेवा प्रारम्भ गर्नु चुनाैती पुर्ण रहेकाे विराट मेडिकल कलेजका कार्यकारी उपाध्यक्ष डेनिस कार्कीले बताए । उनले भने “अावश्यक उपकरणकाे व्यवस्था, जनशक्ति व्यवस्थापन, उनीहरूलाइ अतिरिक्त सेवा सुबिधा र जाेखिम तथा प्राेत्साहन भत्ता दिनु लगायतका कार्य फलामकाे चिउरा चपाउनु जत्तिकाे गाह्राे छ ।” यसकाे प्रभावकारी संचालन र दिगाे, भरपर्दाे तथा जनचाहाना अनुरूप संचालन गर्न केन्द्र, प्रदेश साथै स्थानिय सरकारले सहयाेग गर्नु पर्ने उनकाे भनाइ छ ।

सेवा संचालनका लागी दैनिक करिब एक लाख बराबर खर्च हुने छ । सेवालाइ निरन्तरता दिनका लागि उद्याेगी, व्यापारी, व्यक्तिगत दाता तथा सबैलाइ सहयाेगका लागि अाग्रह गरिएकाे छ । अस्पतालका संक्रमित चिकित्सक, स्वाथ्स्यकर्मी, कर्मचारीकाे निशुल्क उपचार हुने व्यवस्था गरिएकाे छ । सर्बसाधारण र अन्यले भने हाललाइ पैसा तिरेर नै उपचार गर्नु पर्ने छ ।

 

प्रतिक्रिया

सम्बन्धित