स्वास्थ्य दमकका सबै अस्पतालमा ओपिडी सेवा बन्द

झापा : नगरपालिकाले गरेको एक साता लामो लकडाउनसँगै झापाको दमकमा रहेका सबै अस्पतालहरुमा ओपिडी सेवा बन्द भएको छ। कोरोना संक्रमण समुदायसम्म फैलिएको आशंकामा स्थानीय सरकारले शनिबार रातीदेखि एक साताका लागि लकडाउन घोषणा गरेको हो। लकडाउनअघि समेत कतिपय कोरोना संक्रमितहरु जाँचका लागि दमकका अस्पतालसम्म पुगेको थाहा भएपछि नगरका अस्पताल र क्लिनिकहरूले पनि ओपिडी सेवा बन्द गरेका हुन्।

ओपिडी सेवामा भिडभाड रहने गरेको र त्यसले थप जोखिम निम्त्याउन सक्ने भएकाले केही दिनका लागि ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले जानकारी दिइन्। दमकमा एक सरकारीसहित आधादर्जन निजी क्षेत्रका अस्पताल सञ्चालनमा छन्। तत्काल कुनै परामर्श लिनुपर्ने भएमा विद्युतीय तथा टेलिफोन माध्यमको उपयोग गर्न पनि नगरपालिकाले सुझाव दिएको छ।

ओपिडी सेवा बन्द भएपनि आकस्मिक सेवाबाट कोही बञ्चित हुन नपर्नेगरी स्वास्थ्य प्रबन्ध गरिएको नगरपालिकाले जनाएको छ। बजार र यातायात ठप्प दमक नगरपालिकाले सुरु गरेको एकसाता लामो लकडाउनका कारण दमक पूर्णरुपमा ठप्प भएको छ।

प्रतिक्रिया

सम्बन्धित