भारतमा पनि रूसको कोरोना भ्याक्सिन उत्पादन तयारी

यही मंगलबार रुसले विश्‍वकै पहिलो कोरोना भाइरसविरुद्धको भ्याक्सिन घोषणा गर्‍यो। कोरोनाविरुद्धको भ्याक्सिन दर्ता गरेपछि अहिले रुस विश्‍वमा चर्चाको केन्द्र बनेको छ।
यस भ्याक्सिनलाई रुसको माइक्रो बायोलोजी रिसर्च सेन्टर गमलेयामा बनाइएको हो। यो भ्याक्सिन बुधवार क्लिनिकल ट्रायलको तेस्रो चरणमा पुगिसकेको छ। रूसले बनाएको विश्‍वकै पहिलो कोरोना भ्याक्सिन उत्पादनका लागि भारतीय कम्पनीहरुले संवाद अघि बढाएका छन्। रुसले तयार पारेको कोरोना भाइरस भ्याक्सिन स्पूतनिक-५ बारे कयौँ भारतीय कम्पनीहरुले रुची देखाएका हुन्।

भारतीय कम्पनीहरुले रसियन डाइरेक्टर इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) सँग भ्याक्सिनको पहिलो चरण र दोस्रो चरणको क्लिनिकल ट्रायलसँग जोडिएका जानकारी उपलब्ध गराउन आग्रह गरेका छन्। यस कम्पनीले कोरोना भ्याक्सिन स्पुतनिक-५ को रिसर्च र ट्रायलमा लगानी गरेको थियो। आरडीआईएफसँग नै यस भ्याक्सिनको मार्केटिङ र निर्यातको अधिकार छ। यदि भारतीय कम्पनीको आरडीआईएफसँगको वार्ता अघि बढ्यो भने भारतमा नै यस भ्याक्सिनको उत्पादन हुन सक्नेछ।

यस भ्याक्सिनको प्रयोग निर्यात र घरेलु उपयोगका लागि गर्न सकिनेछ। मस्कोमा भारतीय दूतावास स्रोतले यसबारेको जानकारी रूसी समाचार एजेन्सी स्पूतनिकलाई दिइएको छ। रुसपछि चीनले बनायो कोरोनाको भ्याक्सिन, जनमुक्ति सेनामा प्रयोग अनुमति रूसी दूतावासलाई उद्धृत गर्दै भारतीय सञ्‍चारमाध्यमले जनाए अनुसार भारतीय कम्पनी भ्याक्सिनलाई लिएर आरडीआईएफको सम्पर्कमा छन्। यी कम्पनीले पहिलो र दोस्रो चरणको ट्रायलको प्राविधिक जानकारी मागेका छन्।

यसक्रममा सरकारबाट आवश्यक अनुमति मिलेपछि तेस्रो देशमा भ्याक्सिन निर्यातबारे चर्चा भयो साथै घरेलु प्रयोगका लागि पनि भ्याक्सिन उत्पादनबारे कुरा भएको छ। रुसमा भारतका राजदूत वेंकटेस वर्माले समाचार एजेन्सी स्पूतनिकलाई बताए अनुसार आरडीआईएफका प्रमुख किरिल दिमित्रीभसँग भ्याक्सिन निर्माणलाई लिएर सकारात्मक कुरा भएको छ। उनले यो वार्ताको नतिजा पनि चाँडै नै सकारात्मक निस्किने अपेक्षा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित