के अस्पताल शील गर्दैमा राेकिएला कोरोना संक्रमण ?

कोरोना भाइसरको संक्रमण पछिल्लो समय चिकित्सक, स्वास्थ्यकर्मीहरु देखिन थालेको छ । तिव्ररुपमा संक्रमण बढिरहेको अवस्थामा चिकित्सक, स्वास्थ्यकर्मीहरुमा नै संक्रमण देखिनुले स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ । विरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिन थालेपछि स्वास्थ्य प्रणालीमा जटिल समस्या आउन सक्ने आकलन हुन थालेको छ । चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल सम्बद्ध पक्षमा कोरोना देखिए सगै अपस्ताल शील गरिदै आएको छ । अस्पतालका चिकित्सक र कर्मचारीमा संक्रमण देखिएपछि पछि संक्रमण फैलिन नदिन अस्पताल शिल गर्ने गरिएको छ । यसरी अस्पताल शिल गर्दा दैनिक उपचारको लागि आउने गम्भिर तथा दिर्घ रोगीहरुलाई समास्यामा पर्ने गरेका छन् ।

केहि दिन यता विराटनगरका केहि अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिए पछि त्यहाँका अस्पतालहरू पनि शील गरियो । अस्पताल शील हुदा गम्भिर तथा दिर्घ रोगका विरामी प्रत्यक्ष प्रभावमा परे । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरससँगको लडाईमा स्वास्थ्यकर्मीहरु नै अग्रभागमा रहेर काम गरीरहेका छन् । यस्तो अवस्थामा अस्पतालका कर्मचारीलाई कोरोना पोजेटिभ देखिने वित्तिकै अस्पताल नै शील गर्दा अन्य विरामीहरुको स्वास्थ्य प्रती गम्भीर हुन नसकेको देखिन्छ । केही स्वास्थ्यकर्मी, चिकित्सक तथा कर्मचारीहरूलाइ कोरोना पोजेटिभ देखियो भन्दैमा अस्पताल नै बन्द गर्दै जाने थालियो भने देशभरका स्वास्थ्य संस्था बन्द हुने अवस्था आउन सक्छ ।

विराट अस्पताल ९बिराट नर्सिङ होम० का सञ्चालक एव वरिष्ठ चिकित्सक तथा त्यहाँ पार्टटाइममा कार्यरत नर्सहरुलाई कोरोना पुष्टि भएसँगै अस्पताल शील गरियो । त्यस्तै संक्रमण देखिएका अन्य अस्पताल पनि सिल गरियो तर यसरी केहिमा संक्रमण देखिन साथ शील गर्दे जाने निती लिइयो भने अबका दिनमा अन्य विरामी ठुलो समस्यामा पर्ने देखिन्छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रलाई शील गर्नु पहिले पटक सोच्नुपर्ने भएको छ ।

कोरोनाको महामारी लामो समय रहने भएकाले अस्पतालका केहिमा संक्रमण भएकै भरमा शील गर्दा जनस्वास्थ्यमा असर गर्ने चिकित्सकहरू बताउँछन् । अस्पताल बन्द गर्दा नियमित अस्पताल आउने विरामीहरु कोरोना संक्रमणको भन्दा बढी जोखिममा पर्ने डा. पुरु कोईराला बताउछन् । अस्पताल शील गर्दा स्वास्थ्यकर्मी साथै आम जनताको मनोबल घट्ने उनको भनाइ छ । उनले भने अस्पतालमा केहीमा संक्रमण देखिने वित्तिकै सरकारले शील नै गरेर नागरिक अधिकार हनन गरे जस्तो देखििन्छ । अस्पताल नै शील गरेर डाक्टरहरु नै असुरक्षित रहेको जस्तो प्रचार गरिदा आम मानिसमा झन त्रास बढ्ने डा।कोईराला बताउछन् ।

अब कोरोनासँग सर्तकता अपनाउदै सुरक्षित भएर सामाजिक दुरी कायम गर्दै दैनिक जीवनमा फर्किनु पर्ने डा. सन्तोष उपाध्याय काफ्ले भनाइ छ । विगतमा कोरोना भन्दा शक्तिशाली भाइरलहरु आए स्मरण गर्दै तिनीहरुलाई पनि शुरुमै निर्मुल गर्न सकिएन तर, विज्ञानको खोज र अनुसन्धानले नै भ्याक्सिन पत्ता लागेको हो । हामीले पनि कोरोना सँग लड्न त्यहि प्रक्रियालाई अपनाउनु पर्ने डा। काफ्लेको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित