न्यूरोले गरेको कार्य प्रशंसनिय छ : स्वास्थ्य शाखा प्रमुख कार्की

बिराटनगर / न्यूरो हस्पिटलको आफ्नै कोभिड व्यवस्थापन समतिले हस्पिटलमा रहेको इमेरजेन्सि फ्युमिगेसन र स्टेरिलाईजेसनका लागि वार्ड सिल गरेको छ । दुइ महिना अगाडि नै हस्पिटलका निर्देशकहरुको बोर्ड बैठकले बिरामीहरुको स्वास्थ्या अवस्थालाई ख्याल गर्दै कोभिड व्यवस्थापन निर्देशिका बमोजिम , ७ सामितिको कोभिड व्यवस्थापन समिति निमार्ण गरि परिचालन गरेका थिए ।

सो समितिका अध्यक्ष इं रजित राज बस्नेतले अस्पतालले शुक्रबार इमेरजेन्सि वार्ड स्वतस्फुर्त रुपमा फ्युमिगेसन र स्टेरिलाईजेसन निमित्त सिल गरिएको बताए । उनले शुक्रबार हस्पिटलको इमेरजेन्सिमा कार्यरत एक मेडिकल अफिसरको कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी पाएको तत्कालै हस्पिटलमा निर्माण गरिइएको कोभिड व्यवस्थापन अन्तर्गतका एक समतिले इमेरजेन्सि वार्ड फ्युमिगेसन गर्न निर्देश दिए ।

संक्रमित व्यक्ती बिराटनगर अस्पतालमा पनि कार्यरत थिए । यस अघि बिराटनगर अस्पतालका संचालकलाई कोरोना पोजिटिभ देखिएपछि हस्पिटलका अन्य चिकित्सकहरुको पिसिआर चेक गर्दा शुक्रबार उनको रिपोर्ट पोजिटिभ आएको हो ।

न्यूरो हस्पिटलमा २ महिना अगाडि नै हस्पिटल प्रशासनले आइसोलेसन वार्ड बनाइसकेका थिए । जहाँ कोरोना सम्भावित व्यक्तीहरुको जाँच बुझका लागि चिकित्सकहरुको बिभिन्न टोली खटाउने र स्वाब संकलन गरि हस्पिटलले स्वतस्फुर्त रुपमा परिक्षण गराई स्थानिय सरकार र प्रादेशिक सरकारलाई जानकारी गराँउदै आएका थिए । शुक्रबार संक्रमित भेटिए संगै उनको कन्टयाक ट्रेसिङ गरि स्वाब संकलन गरेर परिक्षणको लागि पठाइसकेको छ ।

यता बिराटनगर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले , न्यूरो हस्पिटलले कोभिडको प्रोटोकललाई ध्यानमा राखि कोभिड व्यवस्थापन समति निर्माण गर्नु र सो समितिले आफै आफ्नो इमेरजेन्सि वार्ड सिल गर्ने कार्यको उच्च मुल्याङकन गरि उचित कार्य गरेको बताए । कार्कीले , संक्रमित मेडिकल अफिसरलाई हिजो नै धरान पठाइसकेको बताए । यस्तै उनले अस्पतालको इमेरजेन्सि वार्ड आफैमा सिल भएको बताए ।

स्थानिय सरकारले पनि बाध्यत्मक अवस्थामा अस्पताललाई शिल गर्न सकिने उनले बताए । अस्पतालले सुचना लुकाए वा कोभिडको प्रोटोकल निर्वाह नगरे सरकारले नै शिल गर्ने स्वास्थ्य शाखा प्रमुख कार्कीले बताए । यद्दपी हाल अस्पतालले गरेको कामको सुचना मात्र नभई , अब उपरान्त गर्ने कामको समेत सुचना एवम जानकारी गराइरहेको उनले बताए । हस्टिलले बैकल्पिक इमेरजेन्सि वार्ड निर्माण गरि आकस्मिक स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित