अनलाइनबाट विषयगत प्रश्नको उत्तर

काठमाडौँ / विद्यार्थीले सोधेको विषयगत प्रश्नको उत्तर अब अनलाइनमा नै प्राप्त हुने भएको छ । पाठशाला नेपालले pathshalanepal.com मा विद्यार्थीले सोधेको जुनसुकै प्रश्नको उत्तर सजिलै एकदेखि दुई घण्टामा उपलब्ध गराउने नेपालका सञ्चालक गोविन्द सापकोटाले जानकारी दिए । उनका अनुसार उक्त अनलाइनमा विद्यार्थीले कक्षा ८ देखि स्नातकोत्तर तहसम्म र लोकसेवा आयोगसम्बन्धी प्रश्नको उत्तर दिइनेछ । “विद्यार्थीले आफू नजानेको प्रश्न अनलाइनमा अपलोड गर्ने छन्”, उनले भने, “अनि हामीले ती विषयसँगसम्बन्धी शिक्षकबाट प्रश्नको उत्तर सोही अनलाइनमा राख्नेछौँ ।” अहिले दैनिक ५० वटा प्रश्न सोधिने गरेका छन् । विशेषगरी गणित, विज्ञान विषयमा विद्यार्थीले बढी प्रश्न सोध्ने गरेका छन् ।

पाठशाला नेपालले प्रश्नको उत्तर लेख्नका लागि १२ जना विषयगत शिक्षक अनलाइनमा राखेको छ । नेपालका सञ्चालक सापकोटा बन्दाबन्दीमा विद्यार्थीलाई पठनपाठन गर्न सहज होस् भनेर प्रश्नको उत्तरको व्यवस्था गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित