सप्तरीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरी । सप्तरीमा थप १५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बलान बिहुल गाउँपालिकामा ७ जना, तिलाठी कोईलाडी गाउँपालिकामा ६ जना र राजविराज नगरपालिकामा २ जना गरी नयाँ १५ जना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा संक्रमितको संख्या ४ सय ६२ जना पुगेको छ । जसमध्यै ३ सय १२ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित