सेल्फीरोडमा टिकटक बनाउने र फोटो खिच्नेको भिड

मोरङ / मोरङको पथरीशनिश्चरेमा अबस्थित सेल्फी सडककाे यतिवेला सर्बत्र चर्चा छ । सामाजिक संजाल टिकटकमा भिडियो बनाउनेहरुको भिडका कारण यो सडक एकाएक चर्चामा आएको हो ।

सो सडकमा दैनिक सयौ मानिसको भिडभाड हुनेगरेको छ । पथरीशनिश्चरे नगरपालिका २ मा रहेको सेल्फी रोडको भिडभाड कुनै ब्यस्त शहरको भन्दा कम हुन्न । पूर्व–पश्चिम राजमार्गको सुनझोरा पूल पश्चिम पट्टिबाट दक्षिणतर्फ लाग्ने ११ सय मिटर लामो कालोपत्रे सडक साँच्ची कै सुन्दर देखिन्छ ।

सडकको पूर्व पश्चिम चौतारी सामुदायिक वनले हुर्काएको एक नासका सालका बिरुवाको खुला जङ्गल सगै चिल्लो कालोपत्रे सडक नै सेलफीरोड हो । सो स्थानमा टिकटक वनाउन र फोटो खिच्न टाढाटाढाबाट मानिसहरु आउन थालेपछि पथरी, मंगलवारे र उर्लावारीका केही व्यापरीको ठेला व्यापार समेत फस्टाएको छ । यस क्षेत्रलाई विकास गरेर आर्कषक केन्द्र बनाउने तयारी भइरहेको पथरी वडा नम्वर २ का अध्यक्ष यामप्रसाद गुरागाई बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित