जनता क्याम्पस प्रमुखमा डा.अधिकारी

इटहरी / सुनसरीको इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसकाे प्रमुखकाे जिम्मेवारी डा. गीता अधिकारीलाइ दिइएकाे छ । क्याम्पस प्रमुख रहेका भोजराज श्रेष्ठको कार्याकाल सकिए पछि अधिकारीलाइ प्रमुखको जिम्मेवारी दिइएकाे हाे ।

क्याम्पसमा पहिलोपटक महिलालाई जिम्मेवारी दिईएको छ । राजनीतीशास्त्र, समाजशास्त्र र शिक्षा शास्त्रमा स्नातकोत्तर तह सम्मको अध्ययन पूरा गरेकि उनले भारतको विवेकानन्द विश्वविद्यालयमा उनले विद्यावारिधि हासिल गरेकी छिन् । उनले २०५६ सालबाट कलेजमा अध्यापन गराउन थालेकी थिईन् । उनीसंग विभिन्न सामाजिक संघ सस्थामा बसेर काम गरेको पनि अनुभव छ ।

प्रतिक्रिया

सम्बन्धित