यी बालकको साहस देखेर विश्व हैरान : सामाजिक संजालमा सबैले गरे तारिफ

काठमाडौ / अहिलेको समयमा सामाजिक सञ्जालमा हरेक समय कुनै न कुनै कुरा भाइरल भइरहेको हुन्छ । यस्तै एक ६ वर्षीय अमेरिकी बालकको साहस देखेर विश्व हैरान भएको छ । ब्रिजर वाकर नाम भएका यी बालकलाई वर्ल्ड बक्सिङ काउन्सिलले ठुलो सम्मान दिएपछि यी बालक भाइरल भएका हुन् । यस बच्चालाई विश्व च्याम्पियनको मानर्थ उपाधि प्रदान गरिएको भन्दै ट्विट आएपछि बल्ल मानिसहरुलाई ति बालकको कार्यबारे नजर पुग्यो ।

यदि तपाईं सोचिरहनु भएको छ कि यस बच्चाले यस उमेरमा के यस्तो काम गरेको छ कि जसकारण यति ठूलो सम्मान पायो ? तपाँईलाई जानकारी गराउ कि ब्रिजरले एक लडाई लडेका थिए, जस्ले उनलाई सम्मानयोग्य बनायो । उनले लडेको उक्त लडाई सोच्दा नै धेरैको आत्मा काम्नेछ । अमेरिकाको वायोमिङ निवासी वाकरले यो कडा संघर्ष आफ्नी बहिनीलाई खतरनाक कुकुरबाट बचाउनका लागि लडेका हुन् ।

जब यो खबर विश्व बक्सिंग काउन्सिलमा पुगे, उनले ब्रिजरको बहादुरीलाई ध्यानमा राख्दै विश्व च्याम्पियनको मानर्थ उपाधि घोषित गरिएको हो । काउन्सिलले आफ्नो बयानमा भन्यो, ‘मात्रै ६ वर्षका ब्रिडर वाकर, जसले मानवताको उत्कृष्ट मूल्य, एक ‘मानर्थ’ विश्व च्याम्पियन पाउनु भएको छ भनेर घोषणा गर्नु हाम्रो लागि ठूलो गौरवको कुरा हो ।’

यस लडाईमा उनी गम्भीर घाइते भएका छन् । उनलाई ९० टाँका लगाउनु परेको छ । यो एक किसिमको आश्चर्यजस्तै हो कि यति सानो उमेरमा, बच्चाले आफ्नी बहिनीलाई बचाउनका लागि कुकुरको मात्र सामना गरेनन् बल्कि कुकुरलाई हराएर बहिनीलाई बचाउन सफल भए । उनको अहिले सबैले तारिफ गर्दै तस्विर सेयर गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित