कक्षा १२ को परीक्षा गर्न तयारी शुरू

काठमाडौं / असोजमा कक्षा १२ को परीक्षा गर्न राष्ट्रिय परीक्षा बोर्डले तयारी शुरू गरेकाे छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले तयारी अगाडि बढाएको छ ।

कक्षा १२ को परीक्षा १५ असोजमा सम्पन्न गर्ने लक्ष्य रहेकाेले त्यही अनुसार मन्त्रालयसँग अनुमति मागेकाे बताइएकाे छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित