निजी विद्यालयका शिक्षकलाई तलब नदिइएकामा आपत्ति

काठमान्डाैं / नेपाल शिक्षक महासङ्घले वैकल्पिक प्रणालीको सिकाइ स्थगन गरी शिक्षकहरुलाई बेतलबी घरबिदा दिने निजी विद्यालय सञ्चालकका छाता सङ्गठनको निर्णयप्रति आपत्ति जनाएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन) ले आर्थिक सङ्कट परेको भन्दै गत असार ३१ मा अपिल जारी गरी सो घोषणा गरेका थिए ।

महासङ्घका अध्यक्ष बाबुराम थापाले आज विज्ञप्ति जारी गरी त्यस्तो निर्णय कानूनविपरीत भएको उल्लेख गर्दै विपद्को समयमा श्रमजीवी शिक्षक कर्मचारीलाई थप आवश्यक सहयोग गर्नुपर्नेमा उल्टो बेतलबी बिदा दिइनु अपत्तिजनक भएको बताए । थापाले हालसम्मको तलब सुविधा दिन र अनलाइनबाट पठनपाठनलाई नियमितता दिन निजी विद्यालयसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित