बुद्धचौकमा चिन्डो प्रतिमा अनावरण

धरान / आदिवासीको वाहुल्यता रहेको धरानमा पछिल्लो समय किरात धर्मालम्बी मान्ने राई जातिको सांंस्कृतिक सामाग्री वाबु (चिन्डो) प्रतिमा निर्माण सम्पन्नसगै अनावरण गरिएको छ । धरान १८ बुद्धचौकमा भाषाविज्ञ प्रा.डा. टंक न्यौपानेले एक कार्यक्रमको बीच अनावरण गरिएकाे  हो ।

विगतदेखि नै बुद्धचौक नामले ख्याति कमाएको यो ठाउमा बुद्धकै मूर्ति निर्माण गर्नुपर्छ भन्ने एकखाले स्थानीय वडाबासीको भनाइलाई समेत सम्बोधन गर्दे अहिले सो स्थानमा वाबु अर्थात चिण्डो निर्माण गरिएको हो ।

निर्माणका लागि वृष चाम्लिङ राईको अध्यक्षतामा वाबु (चिण्डो) प्रतिमा निर्माण उपभोक्ता समिति गठन गरेर धरान उपमहागरपालका वडा नंं १८ तथा स्थानीय दाता स्व. नरबहादुर राइको स्मृतिमा ५ लाख सहित करिब १४ लाखमा चिण्डो निर्माण भएको हो । ०७३ सालमै चिण्डो निर्माणको परिकल्पना गरेपनि ०७६ फागुनदेख निर्माण शुरु भएको थियो । १४ लाखको खर्चमा निर्माण भएको सो चिण्डोको प्रतिमा ०७७ वैसाख १५ गते उभौलीका दिन सम्पन्न भएको भए पनि लकडाउनका कारण अनावरण गर्न नसकिएको र आज विधिवत रुपमा अनावरण गरिएको निर्माण समितिका अध्यक्ष राईको भनाई छ ।

२०६० सालमा वर्तमान धरान उपमहानगरपालकाका मेयर तिलक राइको अध्यक्षतामा बुद्धचौक निर्माण तथा बुद्ध प्रतिमा अनवरण उपभोक्ता समिति समेत गठन भइसकको अवस्थामा अहिले आएर सो स्थानमा चिण्डाको प्रतिमा निर्माण भएको हो । सो बेला सार्वजनिक स्थानमा बुद्धको प्रतिमा बनाउन नमिल्ने र बनाउन हुदैन भन्ने विषयमा अदालतमा मुद्धा नै परेका कारण बन्न नसकेको मेयर तिलक राईले स्पष्ट पारेका छन् ।

चिण्डोको अनवरणपछि बोल्दै भाषा विद् प्रा.डा टंक न्यौपानेले संघीय गणतान्त्रिक मुलुकमा सबै जातिको भाषा, संस्कृतिको समान विकासमा संविधानले नै प्रद्धत गरेको बताउदै चौकमा चिण्डोको निर्माणसंगै सांस्कृतिक विकासको खुडिकलो शुरु भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित