कस्तुरी कलेजमा कक्षा ११ को लागि अनलाइनबाटै फाराम भर्ने सुबिधा

इटहरी । प्रदेश नम्बर १ कै उत्कृष्ट मानिएको इटहरीमा सञ्चालित कस्तुरी कलेजले अनलाइन रजिष्ट्रेशन सुरू गरेको छ । कोरोना भाइसरका कारण प्रत्यक्ष उपस्थित भएर भर्ना गर्न असहज हुने भएकाले विद्यार्थीको सुबिधाका लागि कलेजले अनलाइन रजिष्ट्रेशन सुरू गरेको हो । कक्षा ११ को नयाँ भर्नाका लागि अनलाइनको प्रयोग गरिएको प्रिन्सिपल कमलेश पौडेलले जानकारी दिएका छन् ।

कस्तुरी कलेज अफ म्यानेजमेण्टतर्फ बिबिएस र एमबिएस तथा कस्तुरी उच्च माबि (माध्यममिक तह) तर्फ ११ र १२ कक्षामा म्यानेजमेण्ट बिषय पढाई भईरहेको सो कलेजले यसै शैक्षिक सत्रदेखि विज्ञान बिषय सुरू गरिएको जानकारी दिएका छन् ।

कोरोना भाइसरको जोखिम कायमै हरेकाले विद्यार्थी स्वयम कलेजमा आएर भर्ना गर्नु भन्दा अनलाइनबाट गर्दा सहज हुने उनको भनाइ छ । कलेजको वेभ साइट kasturiacademy.com मार्फत अनलाइन भर्नाका लागि आवेदन दिन सकिने छ । कक्षा ११ को नयाँ भर्नाका लागि एसइइ ९ कक्षा १० उर्तिण भएको हुनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित