शैक्षिक संस्थामा कहिले सम्म क्वारेन्टाइन, हटाउन जनता क्याम्पसकाे ताकेता

इटहरी / इटहरी उपमहानगरपालिकाले जनता बहुमुखी क्याम्पसमा क्वारेन्टाइन निर्माण गरेकाे तिन महिना भन्दा लामाे समय भयाे । नेपालमा काेराेना संक्रमितकाे संख्या बढ्न थाले पछि उपमहानगरपालिकाले पनि क्वारेन्टाइन निर्माण गरेकाे थियाे । क्वारेन्टाइन निर्माण गर्ने स्थानकाे खाेजि गर्दै जादा उपमहानगरले जनता क्याम्पसमा क्वारेन्टाइन निर्माण गर्ने निर्णयमा पुग्याे ।

काेराेना भाइरसका सम्भावित संक्रमित राख्ने र नगरमा काेराेनाकाे जाेखिम कम हुने भए पछि सबैकाे सहयाेगमा क्वारेन्टाइन निर्माण भयाे । सम्भावित संक्रमितहरूलाइ राखेर केहि हद सम्म सुरक्षित पनि गरियाे । तर अब शैक्षिक संस्थामा कहिले सम्म क्वारेन्टाइन राख्ने भन्ने बिषयमा बहस सुरू भएकाे छ । हजाराै विद्यार्थीकाे भविष्य जाेडिएकाे शैक्षिक संस्थामा क्वारेन्टाइन लामाे समय राख्न नहुने आवज क्याम्पस सग सम्वद्ध पक्षहरूले उठाउन थालेका छन् । नेपालमा काेराेना संक्रमितकाे दर केहि कम हुन थालेकाे तथा लामाे समयकाे बन्दा बन्दी (लकडाउन) पछि सबै क्षेत्र बिस्तारै खुल्न थालेका छन् । शैक्षिक संस्था खुल्ने निश्चित नभए पनि शैक्षिक संस्थाका अन्य गतिबिधिहरू संचालन हुन थालेका छन् । विद्यार्थीकाे अभिलेखिकरण, पाठ्यपु्स्तक वितरण लगायतका कार्यहरू भइरहेका छन् ।

जतना बहुमुखी क्याम्पसमा क्वारेन्टाइन निर्माणताका निरिक्षण गर्दै इटहरीका प्रमुख, उप-प्रमुख

जनता क्याम्पसले पनि आफ्ना आन्तरीक कार्यहरू गरिरहेकाे छ । साथै क्याम्पसका भाैतिक संरचना निर्माण समेत भइरहेकाे छ । क्वारेन्टाइन निर्माण भएकाले धेरै कुरामा असहज भएकाे क्याम्पस प्रमुख भाेजराज श्रेष्ठ बताउछन् । दैनिक क्याम्पसले क्वारेन्टाइन सरसफाइ गर्न भन्नु पर्ने उनले गुनासाे गरे । “क्वारेन्टाइनमा बस्नेहरूले फाेहाेर गरेका हुन्छन्” उनले भने “जसले क्वारेन्टाइन राखेकाे हाे उसले सरसफाइ गरिदिएकाे छैन् ।” अहिले छुट्टै गेट बनाएर क्याम्पसमा प्राध्यापकहरू आउने वातावरण मिलाएकाे भए पनि विद्यार्थी आउने वातावरण नभएकाे श्रेष्ठले बताए ।

व्यवस्थापन समितिबाट निर्णय गरेर क्वारेन्टाइन हटाउन जिल्ला प्रशाशन कार्यालय सुनसरी र उपमहानगरमा पत्र पठाएपनि त्यसकाे जवाफ नआएकाे प्रमुख श्रेष्ठकाे भनाइ छ । क्याम्पसले पत्र काटेर क्वारेन्टाइन हाटाइदिन ताकेता गरे पनि जिल्ला प्रशासन तथा उपमहानगरले कुनै औपचारीक निर्णय गरेका छैनन् । यसरी लामो समय शैक्षिक संस्थामा क्वारेन्टाइन हुदा बन्दा बन्दी खुलेपछि पनि क्याम्पस सञ्चालनमा समस्या उत्पन्न हुनुका साथै विद्यार्थीमा मनोवैज्ञानिक असर पर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित