बेलबारीका टोल टोलमै बिद्यार्थी पढाउदै सामुदायिक बिद्यालय (तस्विरहरु सहित)

बेलबारी । कोरोना भाइरस (कोभिड १९) का कारण जारी लकडाउनका कारण अहिलेसम्म बिद्यालयहरु खुल्न नसकिरहेका बेला मोरङका केही सामुदायिक बिद्यालयलयहरुले भने घुम्ती शिक्षा थालेका छन । बिद्यार्थीहरुलाई टोल टोलमा भेला गराएर उनीहरुले पढाउन थालेका छन । मठमन्दिर सामुदायिक भवन तथा निजि घरहरुमा बिद्यार्थीलाई भेला गराएर पठन पाठन गराइरहेको बेलबारी ८ को जनता माध्यमिक बिद्यालयका प्रधानाध्यापक जनक तिम्सिनाले बताए ।

डेस्क बेन्चमा बसेर पढदै आएका बिद्यार्थीहरु सुकुल, गुन्द्री, चकटी, तथा म्याड ओछ्याएर पढिरहेका छन । १० देखी १५ जनाको समुह बनाएर १८ वटा केन्द्र बनाई पठन पाठन गराइरहेको लक्ष्मी माध्यमिक बिद्यालय बेलबारी ११ का प्रध्यानाध्यापक गोविन्द भण्डारी बताउँछन । बिद्यालयहरुले टोल टोलमा गएर पढाउन थालेपछि अभिभावक समेत खुसी भएका छन ।

 

शहरका ठुला निजि बिद्यालयहरुले अनलाइन कक्षा संचालन गरीरहेका बेला बेलबारीका सामुदायिक बिद्यालयहरुले टोलटोलमा कक्षा सञ्चालन सुरु गरेसगै अभिवाकहरुको समेत सामुदायिक बिद्यालय प्रति आकर्षण बढ्न थालेको हो । केन्द्र केन्द्रमा ह्वाईट वोडनै राखेर बिद्यार्थीलाई पढाउने गरेको प्रअ भण्डारीले बताए । लकडाउनमा समेत पढन पाँउदा खुसी लागेको बिद्यार्थीहरुले समेत बताएका छन ।

लकडाउन भएको लामो समय सम्म समेत बिद्यालयहरु खुल्ने अबस्था नदेखीएपछि नगरपालिकाले बिद्यार्थीहरुको अबस्थाको सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा धेरै बिद्यार्थीहरुमा इन्टरनेट, टिभि रेडियोको जस्ता सामाग्रीको पहँुच नपुग्ने अबस्था देखीएपछि टोल टोलमा गएर पढाउने बाताबरण मिलाइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइरालाको भनाइ रहेको छ ।

बेलबारी ३१ वटा सामुदायिक बिद्यालयमा ८ हजार ६६ जना बिद्यार्थी रहेका छन । बिद्यार्थीहरुलाई पठन पाठन गर्न सजिलो बनाउने उद्धेश्यले चोक चोकमा इन्टरनेटको जडान गर्न समेत थालिको छ । असार मसान्त भित्रमा इनटरनेट जडान गरीसक्ने नगरपालिकाको कार्यालयले जनाएको छ । पढ्न आउदा बिद्यार्थीहरुलाई सेनेटाइजर, मास्क भने अनिवार्य गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित