हावाबाटै कोरोना सर्ने वैज्ञानिकहरुको दावी !

काठमाडौँ । कोरोनाभाइरस हावाबाटै सर्ने वैज्ञानिकहरुले दावी गरेका छन् । ३२ देशका वैज्ञानिकहरुको एक टोलीले कोभिड १९ हावाबाटै भयावह रुपमा फैलिरहेको बताएका छन् । हालसम्म विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितले खोक्दा, हाच्छिउँ गर्दा निस्किनले खकार, सिँगान तथा थुकका छिटा स्वस्थ मानिससम्म पुगेमा भाइरस सर्ने बताएको छ ।

तर २३९ जना वैज्ञानिकहरुले त्यस्ता छिटाहरुको साना सानका कण हावामा नै फैलिएर संक्रमण फैलाउने दावी गरेका छन् । उनीहरुले हावाकै माध्यमबाट कोरोना भयावह रुपमा फैलिरहेको समेत जिकिर गरेको द न्युयोर्क टाइम्समा उल्लेख छ ।

वैज्ञानिकहरुको यो पछिल्लो सोधलाई आधार मान्ने हो भने अब घर भित्र पनि मास्क लगाउन अनिवार्य देखिएको छ । हालसम्म विश्व स्वास्थ्य संगठनले वैज्ञानिकहरुको यो अनुसन्धानलाई पर्याप्त नभएको बताएको छ ।

संगठनले हालसम्म हावाबाट संक्रमण नफैलिएको बताएको छ । यद्यपि संगलठनलाई द न्युयोर्क टाइम्सले खुला पत्र लेखेको यो दावीलाई आउँदो हप्ता साइन्स जर्नलमा प्रकाशित गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित