पर्यटन बोर्डद्वारा उत्कृष्ट पाँच फोटो घोषित
काठमान्डाैं / नेपाल पर्यटन बोर्डले आयोजना गरेको झ्यालबाट देखिने सुन्दर फोटो प्रतियोगितामा पाँच उत्कृष्ट फोटो छनोटको घोषणा गरेको छ। बन्दाबन्दीमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ बोर्डले आयोजना गरेको झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगितामा सहभागी ७०० भन्दाबढी फोटोमध्ये उत्कृष्ट पाँच छनोट गरिएको हो।
उत्कृष्ट पाँचमा छनोट भएका फोटोग्राफर प्रविन श्रेष्ठ, उमेश स्थापित, सुशील पौडेल, साम्दे शेर्पा र कमल कँडेल रहेको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ । प्रतियोगिताको मुख्य निर्णायकमा वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठ रहेका थिए ।
प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा केही पनि सान्दर्भिक तस्बिर अनलाइनबाट पठाउन अाग्रह गरिएको थियो। बोर्डको फोटो अभियानको साइट https://photonepal.travel मार्फत प्रतियोगितामा सहभागिता जनाइएको थियो।
विजयीलाई जनही रु १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले विजयीलाई बधाई एवं सहभागीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि बोर्डको नेपाल प्रवद्र्धन गर्ने अभियानमा सहभागी हुन अनुरोध गरिएकाे छ।
प्रतिक्रिया