कोरोनाबाट बच्न सुनको मास्क

एजेन्सी / कोरोना भाइरसको महामारीका बीचमा केही रोचक तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । यही बीचमा अहिले सामाजिक संजालमा सुनको मास्क लगाएका एक व्यक्तिको तस्वीर भाइरल भइरहेको छ । यी व्यक्ति महाराष्ट्रका शंकर कुराडे हुन् ।

उनलाई गोल्डेन म्यान भनेर पनि चिनिन्छ । सुनका गहना लगाउन सौखिन शंकरले सामान्य समयमा पनि करिब ३ किलो सुनका गहना लगाएर हिँड्छन् । शंकरले अहिले बनाएको मास्कको तौल ५० ग्रामभन्दा धेरै भएको बताइएको छ । यो मास्क २ लाख ८९ हजार भारतीय रुपैयाँ मूल्यको भएको उनले बताएका छन् ।

शंकरका अनुसार यो मास्कमा साना साना प्वालहरु बनाइएको छ ताकि सास फेर्न कठिन नहोस् । यद्यपि यो मास्क प्रभावकारी हुन्छ वा हुँदैन भन्ने विषयमा आफू नै विश्वस्त नभएको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित