कक्षा ११ का विद्यार्थीलाइ पठनपाठन जारी राख्न आग्रह

इटहरी / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ सुनसरी (हिसान) ले कक्षा ११ का विद्यार्थीलाइ पठनपाठन जारी राख्न आग्रह गरेकाे छ । आइतबार हिसानले एक विज्ञप्ती जारी गर्दै कक्षा ११ काे परीक्षाकाे तयारीमा रहेका विद्यार्थीलाइ तयारी जारी राख्न अनुराेध गरेकाे हाे । विज्ञप्तीमा भनिएकाे छ “विद्यार्थीहरू अनलाइन र स्वअध्यनन बिधिबाट घरमै बसेर आन्तरीक तयारीमा जुटिरहेका बेला राष्ट्रिय परीक्षा बाेर्डले सञ्चालन गर्ने परीक्षा सम्बन्धि सञ्चार माध्यममा आएका समाचारहरू प्रति हाम्राे ध्यानाकर्षण भएकाे छ । कुनै आधिकारित निर्णय बिपरित आएका कक्षा ११ काे परिक्षा नहुने आसयका समाचारले विद्यार्थी, शिक्षक, अभिभावक र शीक्षा कर्मीमा अन्याेल बढेकाे छ ।”

हिसानले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मान्त्रलयले कुनै निर्णय सार्वजनिक नगरेकाेले विद्यार्थीमा भ्रम सिर्जना गरेकाे भन्दै तयारी जारी राख्न भनेकाे हाे । यहिले सम्म राष्ट्रिय परीक्षा बाेर्डबाट समेत कुनै जानकारी नआएकाेले अन्याेलमा नपरि तयारीलाइ निरन्तरता दिन विद्यार्थी, शिक्षक, विद्यालय तथा अभिभावकलाइ उसले आग्रह गरेकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित