विद्यालयमा आगलागी हुँदा १५ लाख बराबर क्षति

डोटी / केआईसिंह गाउँपालिका–६ मा रहेको भूमिराज माध्यमिक विद्यालय देवस्थलमा गएराति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार आगलागीबाट उक्त विद्यालयको कम्तीमा रु १५ लाख बराबरको क्षति भएको छ । विद्युत चुहावत भएर आगलागी हुँदा उक्त क्षति भएको प्रहरीको अनुमान रहेको छ । भारतबाट रोजगारी गरी फर्किएका नागरिकलाई उक्त विद्यालयमा बनाइएको क्वारेन्टिनमा राखिएको छ । क्वारेन्टिनमा बसेकाहरुको सुरक्षाका लागि ड्युटीमा रहेका प्रहरीले आगलागी भएको देखेपछि सबैलाई खबर गरेको सो विद्यालयका शिक्षक यज्ञराज भट्टले जानकारी दिए ।

स्थानीयवासी, क्वारेन्टिन बसेका नागरिक तथा प्रहरीसहितको टोलीले झण्डै डेढ घण्टामा आगो नियन्त्रणमा लिएको शिक्षक भट्टले जानकारी दिए । आगलागीबाट विद्यालयको कार्यालय कोठामा रहेको डेस्कटप कम्प्युटर पाँच थान, ल्यापटप एक, फोटोकपि मेशिन दुई, प्रिन्टर एक, ई–हाजिरी मेशिनलगायत मेशिनरी सामान जलेर नष्ट भएका विद्यालयका लेखापाल गणेश भट्टले बताए ।

त्यसैगरी आगलागीबाट विद्यालयका काठका बेन्ज, टेबुल, ह्वाइट बोर्ड १०, प्लाष्टिकका कुर्सी ३०, बुक कर्नर (¥याक) एक, रु ५० हजार बराबरका खेलकुदका सामग्री, विद्युत्को मिटर तथा तार, डिजे एक वटा जलेर खरानी भएको छ । लाइब्रेरीका झण्डै रु दई लाख ५० हजार बराबरका पुस्तक, आगलागी भएको कोठाको झ्याल ढोका पनि जलेर काम नलाग्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित