सामुदायिक विद्यालय, लकडाउन र अनलाइन शिक्षा

इटहरी / काेराेना महमारीकाे हरेक क्षेत्रमा गम्भिर असर परेकाे छ । अन्य क्षेत्रहरूकाे तुलानामा शिक्षा क्षेत्र अन्याेल ग्रस्त बनेकाे छ । काेराेना बन्दाबन्दिका कारण बिद्यार्थीहरूकाे  भबिश्य अन्याेल ग्रस्त छन् । लाखाै विद्यार्थीहरू घर भित्र सिमित बनेका छन् । केहि विद्यार्थी अन्तिम परीक्षा दिएर माथिल्लाे तहमा गएका छन्  भने केहिकाे पढाइ बिचमा नै राेकिएकाे छ । यहि महमारीले गर्दा माध्यमिक शिक्षा परिक्षा (एसइइ), कक्षा ११, १२ का साथै विश्वविद्यालय तहका धेरै परिक्षा राेकिएका छन् । एसइइलाइ आन्तरीक मुल्याङ्कनबाट गरिने निर्णय भए पनि अन्य तहबारे सरकारी तहबाट कुनै निर्णय हुन सकेकाे छैन । जसका कारण विद्यार्थीमा मनाेवैज्ञनिक असर परेकाे छ । शैक्षिकशत्र खेर जान नदिन तथा शैक्षिक क्षतिलाइ कम गर्न सरकारले असार १ गतेबाट वैकल्पिक शिक्षाकाे सुरूवात गरेकाे छ ।

जसमा विद्यार्थीलाइ रेडियाे, टेलिभिजन र अनलाइनकाे माध्यम प्रयाेग गरिदै आएकाे छ । यि माध्यम केहि विद्यार्थीका लागि उपयाेगी भएता पनि धेरै विद्यार्थी यसकाे पहुच बाहिर छन् । तुलनात्मक रूपमा निजि विद्यालय भन्दा सामुदायक विद्यालयका विद्यार्थी यसकाे पहुच बाहिर रहेका छन् । केहि सुगम थता विकसित मानिएका सहरहरूमा समेत सामुदायक विद्यालयका विद्यार्थी प्रविधिकाे पहुच नभएकाे पाइएकाे छ । सुनसरीकाे इटहरी उपमहानगरपालिकाका सामुदायक विद्यालयका धेरै विद्यार्थी अनलाइन शिक्षाकाे पहुच बाहिर रहेका छन् । अहिले इटहरी अधिकांस सामुदायिक विद्यालयले अनलाइन शिक्षा सरू गर्न सकेका छैनन् । शिक्षकहरूमा प्रबिधिक ज्ञानकाे कमि तथा अधिकांस विद्यार्थीमा इटरनेट नभएकाले सुरू गर्न नसकेकाे विद्यालयहरू बताउछन् ।

के भन्छन् त विद्यालय

इटहरी उपमहानगरपालिका १ मा संचालित श्रि राष्ट्रिय माध्यमिक विद्यालयले अनलाइन शिक्षा सुरू गर्न चाहाेकाे तर विद्यालयमा धेरै विद्यार्थी निम्न तथा मध्यम स्तरका भएकाे कारण सम्भव नभएकाे विद्यालयमा सहायक प्रध्यानध्यापक लक्ष्मि प्रसाद सुवेदी बताउछन् । सुवेदीका अनुसार माथिल्लाे निकायले दिएकाे निर्देशन अनुसार विद्यार्थीकाे तथ्याङ्क संकलन भइरहेकाे छ । सुवेदीका अनुसार सबै विद्यार्थी इटरनेटकाे पहुच नभएका तथा निम्न आय भएका विद्यार्थीहरूकाे बहुल्यता भएकालेले वैकल्पिक शिक्षालाइ अगाडि बढाउन सम्भव नभएकाे  बताए । शिक्षकहरू असार १ गतेबाट विद्यालयमा उपस्थित भए पनि विद्यालय खुल्ने टुङ्गाे नहुँदा विद्यार्थी भविष्य अन्याैलमा परेकाे उनकाे भनाइ छ ।

त्यस्तै इटहरी ६ मा संचालित करिब माध्यमिक विद्यालयले पनि बैकल्पिक शिक्षा सुरू गर्न सकेकाे छैन । विद्यालयमा विद्यार्थी बेलाएर पठनपाठन गर्न सम्भव नभएकाले सामाजिक तथा भाैतिक दुरीकाे पालना गर्दै विद्यार्थीलाइ पुस्तक विरणकाे काम भइरहेकाे प्रध्यानध्यापक मिना न्याैपानेले जानकारी दिइन् । विभिन्न माध्यमबाट भइरहेकाे वैकल्पिक शिक्षाका बिषयमा विद्यार्थी तथा अभिभावकलाइ जानकारी दिने गरेकाे समेत उनले बताइन् ।  अहिलेकाे अवस्थामा सबै विद्यार्थीका लागि अनलाइन शिक्षा सम्भव नदेखिएकाे उनले बताइन् । अझै लामाे समय विद्यालय खुल्ने सम्भावना कम भएकाे विद्यार्थीकाे सिकाइमा नकारात्मक असर परेकाे उनकाे भनाइ रहेकाे छ ।

यसाे भन्छ स्थानिय सरकार

लकडाउनकाे समयमा विद्यालहरूले आन्तरीक काम गरिरहेकाे साथै नतिजा प्रकाशन, पुस्तक वितरण लगायतकाे काम भइरहेकाे इटहरी उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख कुमारी अम्विका साहले जानकारी दिइन् । अहिले विद्यालयहरूमा विद्यार्थीकाे अभिलेखिकरण गर्ने काम भरिरहेकाे तथा इटहरीका धेरै सामुदायक विद्यालय अनलाइबाट पढाउन् सक्षम नभएकाे समेत उनि बताउँछिन् । याे महमारीबाट पाठ सिक्दै विद्यार्थीलाइ मानसिक तनाब नहुने गरि वैकल्पिक तथा प्रविधिक शिक्षा जाेड दिनु पर्ने उनकाे भनाइ छ ।

अनलाइन शिक्षाको लागि सबै भन्दा आवस्यक र महत्त्वपूर्ण कुरा ईन्टरनेट सुबिधा हो । अब भने के सबै बिद्यार्थीहरु समान ईन्टरनेटको (मोबाईल नेटवर्क वा वाई-फाई ) पहुँच छन् त ? भएको ईन्टरनेट सेवा कति बन्दाबन्दीले पैसा तिर्न नसक्दा बन्द भएका छन । त्यसैले बिद्यार्थीकाे पहुच अनुसारको बैकल्पीक शिक्षा प्रणली ल्याउन आवश्यक रहेकाे देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित