क्वारेन्टिनमा जन्मियो शिशु

झिमरुक / प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिए। नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिएको हो।

श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आई उक्त क्वारेन्टिनमा बस्नुभएका सरस्वतीले गए राति १ क्वारेन्टिनमै छोरा जन्माएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद पौडेलले जानकारी दिए । उनी अहिले स्वास्थ्यकर्मीकै निगरानीमा रहेको र आज आरडिटी गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित