डा. दिव्या सिंह शाह आइओएमको डिनमा नियुक्त

काठमान्डाैं / त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा डा. दिव्या सिंह शाहलाई नियुक्त गरिएको छ । त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख रहेकी शाहलाई त्रिवि कार्यकारी परिषद्को आज बसेको बैठकले सर्च कमिटीले सिफारिस गरेको ३ जनाको नामबाट उनलाई डिनमा नियुक्त गरेको हो ।

उनले बिहीबारदेखि कार्यभार सम्हाल्ने बताइएको छ । आइओएमको डिनका लागि प्रा.डा. प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित ३ सदस्यीय सर्च कमिटीले सोमबार डा. प्रदीप बैद्य, डा. दिव्यासिंह शाह र डा. उत्तम श्रेष्ठको नाम सिफारिस गरेको थियो । प्रा.डा. जगदिशप्रसाद अग्रवालले अवकास पाएसँगै डिन पद खाली रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित