यि हुन् बिपि प्रतिष्ठान धरानमा रजिष्टारका पाँच मुख्य आकाँक्षी (नालीबेली सहित)

धरान । प्रदेश १ कै ठुलो अस्पताल बिपि स्वास्थ्य बिज्ञान प्रष्ठिान धरानको मुख्य प्रशासनिक पद रजिष्टारका लागि यतिबेला मुख्य रुपमा ५ जना आँकाक्षीहरु देखिएका छन । पटक पटक धरान बाहिरका रजिष्टार नियुत्ति भएको प्रष्ठिानमा यसपटक पनि बाहिरकै मानिसले बाजी मार्लान भन्ने एकाथरीको आँकलन छ भने एकाथरी प्रतिष्ठान भित्र र धरान आसपासमा पनि दक्ष र योग्य ब्यत्तिहरु भएका कारण यसपटक ईतिहास नदोहोएिला भन्नेमा ढुक्क छन । यसपटक प्रतिष्ठान भित्रैबाट एकजना, धरानबाट एकजना र बाहिरबाट ३ जना गरी जम्मा ५ जना रजिष्टारका आँकाक्षी रहेका छन । अधिकांश धरानबासीको मत भने यसपटक धरानकै योग्य र दक्ष ब्यत्तिलाई प्रष्ठिानको रजिष्टार बनाउनुपर्छ भन्ने छ ।

रजिष्टारका लागि मुख्य आँकाक्षीका रुपमा बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका गाईनोक्लोजिष्ट डा.मोहनचन्द्र रेग्मी, पुर्ब प्रशासक उद्धब तिम्सिना, धरान निबासी पत्रकार किशोरकुमार कार्की, बिराटनगरका पत्रकार तथा प्राध्यापक धर्मराज ढकाल र युटिएलमा कार्यरत रामप्रसाद पञ्जियार मुख्य दौडको अग्रपंत्तिमा देखिएका छन । राजेश प्रसाई लगायत अन्य केही अन्य केही ब्यत्तिहरुको समेत नाम चर्चामा आएको छ ।

को हुन आँकाक्षी र के हो पृष्ठभुमि ?

रजिष्टारका लागि आँकाक्षी मानिएकामध्ये रेग्मी, कार्की, ढकाल नेकपा समर्थक हुन । तिम्सिना रपञ्जियार भने काँग्रेस समर्थक भएको बुझिएको छ । उनी आँकाक्षी भएपनि खुलेर अघि आएका छैनन तरपनि राम्रो पहुँचका कारण मन्त्रालयमा सेटिङ भईरहेको स्रोत बताउँछन ।

रजिष्टारका मुख्य आकाँक्षी हुन डा. मोहनचन्द्र रेग्मी डेढ दशकदेखि प्रतिष्ठानमा कार्यरत उनी प्रतिष्ठानको हरेक बिषयमा जानकार छन । बिगत ४ बर्षदेखि गाईनो बिभाग प्रमुखका रुपमा कार्यरत डा. मोहनचन्द्र रेग्मी नेपालमा मात्र नभएर दक्षिण एशियामै परिचित नाम हो । उनले प्रतिष्ठानमा आफनो बिभागलाई बिगत ४ बर्षदेखि उत्कृष्ट मात्र बनाएका छैनन । दक्षिया एशियामै उत्कृष्ट २ वटा अवार्डको हकदार समेत बनाईसकेका छन ।

उनी २०५९ सालमा एमडी गर्नका लागि फुल स्कलरसिपमा भर्ना भए । बि.सं. २०७२ सालदेखि प्रतिष्ठानमा बिभागयि प्रमुखका रुपमा कार्यरत उनले आफनो बिभागलाई अब्बल साबित मात्र गरेका छैनन । यसबिचमा बिभिन्न खोज,अनुसन्धान लगायतका क्षेत्रमा समेत उनी सक्रिय छन । विश्वका ३२ वटा देशको भ्रमण गरिसकेका उनी यतिबेला विश्वमा फैलिएको कोरोना भाईरस ९कोभिड १९० बिरुद्ध विश्वका १२ जना बिशेषज्ञ सम्मिलित विश्वब्यापी फोरमको समेत सदस्य छन । सो फोरममा नेपालबाट उनीमात्र सहभागी छन ।

दक्षिण एशियामै पहिलोपटक प्रतिष्ठानबाट महिलाहरुको आङ खस्ने समस्या (फिस्टुला) को खोज अनुसन्धान र उपचारमा उनले पाएको सफलताले उनलाई थप हौस्याएको छ । यो रोगको उपचार गर्ने मात्र नभएर उनी राष्ट्रिय प्रशिक्षकका रुपमा समेत कार्यरत रहेका छन । फिस्टुला फ्रि नेपाल अभियान समेत चलाएका उनीकहाँ बिभिन्न देशबाट सो रोग भएका महिलाहरु उपचारका लागि प्रतिष्ठानमा आउने गरेका छन । उनीहरुको निशुल्क उपचार मात्र नभएर यातायात खर्च समेत उपलब्ध गराउने हेतुका साथ उनले १ करोडको फण्ड समेत निर्माण गरेका छन ।

रजिष्टारका अर्का आकाँक्षी हुन पुर्ब प्रशासक उद्धब तिम्सिना, आफनो सेवाअबधिभर एलडिओ र सिडियो भएर सेवा गरेका उनी पनि प्रबल दाबेदार हुन । काँग्रेस पृष्ठभुमिका उनी हाल हवाईट हाउस कलेज काठमाण्डौका प्रमोटर समेत रहेका छन् । उनी उपेन्द्र कोईराला र युवराज शर्माका निकट समेत मानिन्छन । सरकारले उनी भन्दा योग्य र दक्ष ब्यत्तिलाई पन्छाएर ब्यत्तिगत स्वार्थका लागि उनलाई रजिष्टार बनाउन लागेको आरोप समेत लागिरहेको छ । युवराज शर्मालाई रजिष्टार नियुत्ति गर्ने तयारी गरेको सरकारले उनी ओम्नी ग्रुपमा आबद्ध भएको पाएपछि पछि हटेको छ ।

बाँकी ३ जनामध्ये ढकाल प्राध्यापक हुन । उनी लामो समयदेखि प्राध्यापन पेशामा संलग्न छन । उनी बिराटनगरबाट प्रसारणमा रहेको मकालु टेलिभिजनमा कार्यकारी प्रमुखका रुपमा समेत केहीबर्ष काम गरेका थिए । स्वास्थ्यमन्त्री भानुभत्त ढकालका आफन्त मानिएका उनी रजिष्टारको आकाँक्षी मानिएका छन ।

किशोरकुमार कार्की धरानका पुराना बासिन्दा हुन । एमाले माओबादी एकिकरण हुनुअघि उनी एमालेमा थिए । उनी नेकपामा राम्रै पहुँच राख्छन । उनी धरानबाट प्रशाशित ब्लाष्ट दैनिकका सम्पादक प्रकाशक समेत हुन । उनी पुर्वमा पत्रकारिताको जग बसाउने मध्येका एक महत्वपुर्ण ब्यत्ति समेत हुन ।

आकाँक्षी बढदै जाँदा बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रजिष्टार नियुत्तिको बिषय यतिबेला पेचिलो बन्दै गएको छ । सोही बिषयलाई लिएर यतिबेला चर्चा परिचर्चा समेत शुरु भएको छ । प्रतिष्ठानका मुख्य ४ वटा पदमध्ये मुख्य प्रशाशनिक पद मानिएको रजिष्टारमा पटक पटक बाहिरका मानिसहरु नियुत्त भएका छन । यसपटक भने धरानबासी र धरान सँग सरोकार राख्नेहरुले स्थानीय र दक्ष ब्यत्ति रजिष्टार हुनुपर्ने माग राखेका छन । यसपटक २ जना धरानका स्थानीय र काविल ब्यत्ति दौडमा छन । अब हेर्न बाँकी छ तिनै स्थानीयमध्ये एकजना रजिष्टार बन्छन या पुरानै ईतिहास दोहोरिन्छ ।

.

प्रतिक्रिया

सम्बन्धित