डाक्टर घिमिरेको टोलीद्वारा माया घरमा निःशुल्क स्वास्थ्य परीक्षण

इटहरी / विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा.देवराज घिमिरे नेतृत्वको चिकित्सक टोलिले इटहरी स्थित माया घरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । लामो समयदेखि जारी लकडाउनका कारण माघा घरमा रहेका आमा बुबालाई अस्पताल पुर्याएर उपचार गर्न कठिनाई भएकाले माया घरमै चिकित्सक बोलाएर स्वास्थ्य परीक्षण गराईएको समाजसेवी मनिता तामाङ्गले जानकारी दिईन । माया घरमा पुगी डाक्टर घिमिरे सहितको टोलीले सुगर,प्रेसर, मानसिक रोग, छाला सम्बन्धि रोगका बिरामीको उपचार गरेका थिए ।

लकडाउनका कारण विश्व नै संकटमा परेकाे समयमा माया घरको आग्रहलाइ स्वीकार गर्दै त्यहाँ रहेका ५० जनाको स्वास्थ्य परीक्षण साथै ४० हजार बराबरको निशुल्क औषधि समेत वितरण गरिएको अभियन्ता डाक्टर घिमिरेले जानकारी दिए । विगतमा पनि गरिब दुखी, पिछडिको क्षेत्रमा आँफै पुगी स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गर्दै आएका डाक्टर घिमिरेले माया घरमा पुगी ५० जनाको स्वास्थ्य परीक्षण गरी निशुल्क औषधी वितरण गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित