विद्यालयद्वारा आठ जनालाई बेतलबी बिदा

तनहुँ / नगरपालिका–१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालयले आठ जना कर्मचारीलाई बेतलबी बिदामा राखेको छ । उक्त विद्यालयमा अध्यापन गराउने पाँच निजी शिक्षक र तीन अर्धनिजी कर्मचारीलाई बेतलबी बिदामा राखिएको हो । विद्यालयको आयस्रोत नभएकाले विद्यालय व्यवस्थापन समितिको निर्णयले निजी र अर्धनिजी शिक्षक एवं कर्मचारीलाई बेतलबी बिदामा राखिएको विद्यालयले जनाएको छ ।

निजी शिक्षिका मैयाँ दरैले देशमा बन्दाबन्दीका समयमा घरको खर्च बढिरहेका अवस्थामा विद्यालयको बेतलबी बिदामा राख्ने कार्यप्रति चित्त दुखेको बताउनुभयो । केही वर्षअघि नगरपालिकाले विद्यालय भवन निर्माणका लागि रु ५५ लाख विनियोजन गरे पनि काम गर्न नसक्दा फ्रिज भई घाटा ब्यहोर्दै आउनुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद दरैले बता । उनका अनुसार उनीहरुलाई चैतसम्मको तलब खुवाई त्यसपछि सहज परिस्थिति भएपछि पुन जागीरमा समावेश गराउने निर्णयानुरुप हाललाई बेतलबी बिदामा राखिएको हो ।

उक्त विद्यालयमा हाल करीब चार सय विद्यार्थी र ३२ शिक्षकशिक्षिका छन् । सामुदायिक विद्यालयमा कार्यरत निजी शिक्षक एवं कर्मचारीका लागि नगरपालिकाको कुनै सहयोग नरहेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित