बिपि प्रतिष्ठानका अमुल्य निधि हुन डा.मोहनचन्द्र रेग्मी

धरान । सुनसरीको धरानमा रहेको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिगत ४ बर्षदेखि गाईनो बिभाग प्रमुखका रुपमा कार्यरत डा.मोहनचन्द्र रेग्मी नेपालमा मात्र नभएर दक्षिण एशियामै परिचित नाम हो । उनले प्रतिष्ठानमा आफनो बिभागलाई बिगत ४ बर्षदेखि उत्कृष्ट मात्र बनाएका छैनन । दक्षिया एशियामै उत्कृष्ट २ वटा अवार्डको हकदार समेत बनाईसकेका छन ।

वाग्लुङ जिल्लामा बि.स २०३४ सालमा जन्मिएका रेग्मी परिवार सहित ३०३७ मा चितवन बसाँई सरे । स्थानीय चितवन माध्यमिक बिद्यालयबाट २०५० सालमा एसएलसी र त्यसपछि भारतको नमिनलाडुवाट १२ कक्षा र त्यहिबाट एमबीबीएस गरेका उनी २०५९ सालमा एमडी गर्नका लागि फुल स्कलरसिपमा भर्ना भए । बि.स २०७२ सालदेखि प्रतिष्ठानमा बिभागयि प्रमुखका रुपमा कार्यरत उनले आफनो बिभागलाई अब्बल साबित मात्र गरेका छैनन । यसबिचमा बिभिन्न खोज,अनुसन्धान लगायतका क्षेत्रमा समेत उनी सक्रिय छन । विश्वका ३२ वटा देशको भ्रमण गरिसकेका उनी यतिबेला विश्वमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बिरुद्ध विश्वका १२ जना बिशेषज्ञ सम्मिलित विश्वब्यापी फोरमको समेत सदस्य छन । सो फोरममा नेपालबाट उनीमात्र सहभागी छन ।

दक्षिण एशियामै पहिलोपटक प्रतिष्ठानबाट महिलाहरुको आङ खस्ने समस्या,(फिस्टुला) को खोज अनुसन्धान र उपचारमा उनले पाएको सफलताले उनलाई थप हौस्याएको छ । यो रोगको उपचार गर्ने मात्र नभएर उनी राष्ट्रिय प्रशिक्षकका रुपमा समेत कार्यरत रहेका छन । फिस्टुला फ्रि नेपाल अभियान समेत चलाएका उनीकहाँ बिभिन्न देशबाट सो रोग भएका महिलाहरु उपचारका लागि प्रतिष्ठानमा आउने गरेका छन । उनीहरुको निशुल्क उपचार मात्र नभएर यातायात खर्च समेत उपलब्ध गराउने हेतुका साथ उनले १ करोडको फण्ड समेत निर्माण गरेका छन ।

उनले पाएको सफलताको लागि उनलाई महिला सञ्जाल धरान लगायतले उनलाई सम्मान समेत गरेका छन । प्रतिष्ठानमा हरेक महिना एकजना बिदेशी बिशेषज्ञ बोलाएर नेपाली बिशेषत्रलाई तालिम र बिरामीलाई उपचार गराउने ब्यबस्था समेत उनले मिलाएका छन ।

दक्षिण एशिया स्तरीय दुईवटा अवार्ड प्राप्त गरिसकेका उनी निरन्तर नयाँ खोज,अनुसन्धान र उपचारमै ब्यस्त छन । उनको सफलतापछिको लोकप्रियता लोभलाग्दो रहेको छ । नम्र र भद्र स्वभावका रेग्मी बिपि प्रतिष्ठानका अमुल्य निधि हुन । उनको सक्रियता र सफलताले केही गनुपर्छ भन्ने सोच राख्नेहरुलाई थप हौस्याएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित