बिपि प्रतिष्ठानमा काविल ब्यक्तिकाे खाँचो, ४ जनामध्ये कस्ले हत्याउला साँचो ?

धरान । सुनसरीको धरानमा अबस्थित बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रजिष्टार नियुत्तिको बिषय यतिबेला पेचिलो बन्दै गएको छ । सोही बिषयलाई लिएर यतिबेला चर्चा परिचर्चा समेत शुरु भएको छ । प्रदेश १ कै ठुलो अस्पतालको रुपमा रहेको प्रतिष्ठानमा रजिष्टारको लागि आधा दर्जन बढी ब्यत्तिहरु आकाँक्षी रहेका छन । लामो समयदेखि स्थानीयलाई भन्दा बाहिरको ब्यत्तिलाई प्राथमिकतामा राखेर रजिष्टार नियुत्ति गरिँदा प्रतिष्ठानको प्रशासन अस्तब्यस्त बनेको भन्दै यसपटक स्थानीय ब्यत्तिलाई रजिष्टार नियुत्ति गरिनुपर्ने धरानका राजनीतिक दल, संघसंस्था र नागरिक अगुवाहरुको माग रहेको छ ।

के भन्छन धरानका राजनीतिक दलका प्रतिनिधि र अगुवाहरु ?

रजिष्टार नियुत्तिको बिषय पेचिलो बनिरहँदा धरानका राजनीतिक दलका प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि र नागरिक अगुवाहरु प्छिल्लो समय बदनाम बन्दै गएको बिपि प्रतिष्ठान बचाउन स्थानीय र बिपि प्रतिष्ठान राम्रो सँग बुझेको मानिस आबश्यक भएको बताउँछन ।

प्रदेश १ कै ठुलो अस्पतालले जनताको आशा अनुसार काम गर्न नसकेको, र प्रतिष्ठानमा चरम राजनीति भएको नेकपा प्रदेश १ का सदस्य बिजय राई बताउँछन । अस्पताललाई राम्रो सँग बुझेको र स्थानीय ब्यत्ति रजिष्टार नियुत्ति भए प्रतिष्ठानले काँचुली फेर्ने राई बताउँछन ।

नेपाली काँग्रेसका क्षेत्रीय अध्यक्ष सुरेशमान श्रेष्ठ प्रतिष्ठान पछिल्लो समय भन्सार कार्यलय जस्तो बनेको बताउँछन । प्रतिष्ठान समग्र धरानको आर्थिक बिकास सँग समेत जोडिएको हिसावले जुन प्रकारले प्रतिष्ठान अघि बढनुपर्ने हो त्यसो हुन नसकेको उल्टै बिकृति, बिसंगति र लुटतन्त्र मौलाएको भन्दै प्रतिष्ठानमा कार्यरत सक्षम ब्यक्तीलाई रजिष्टार बनाउनुपर्ने बताउँछन । नेकपा धरानका अध्यक्ष नारायण सुवेदी बिपि प्रतिष्ठानकाे रजिष्टार स्थानिय, सम्बन्धित क्षेत्रकाे नै हुनेपर्ने धारणा राद्छन् । स्थानियले जति बाहिरबाट ल्याइएका रजिष्टारले प्रतिष्ठानकाे समस्या नबुझ्ने र अपनत्व समेत नहुने भएकाले स्थानियलाई प्राथमिकता दिनुपर्ने बताए ।

यसैगरी  बिपि प्रतिष्ठान कर्मचारी कल्लाण समाजका अध्यक्ष उमेश थापा प्रतिष्ठानका ४ वटै मुख्य पदमा प्रतिष्ठान भित्रका सक्षम, याेग्य व्यक्ति  हुनु राम्राे भएपनी अन्य पदहरूकाे पदपूर्ती भैसकेका कारण रजि्ष्टार पदमा प्रतिष्ठान भित्रका याेग्य र दक्ष मानिसकाे नियूक्ती हुनु जरूरी छ । त्यसका लागी प्रतिष्ठान भित्र याेग्य र दक्ष मानिसकाे कमी नभएका कारण त्यहीँबाट रजिष्टार नियूक्ती गर्नु गर्दा बिपी प्रतिष्ठानकाे उचाइ थप्न बल पुग्ने बताउँछन ।

धरान काठमाण्डौ सरोकार समाजका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठ खराब ब्यबस्थापनका कारण प्रतिष्ठान बदनाम भएका कारण त्यहि कार्यरत अनुभवी र दक्ष ब्यत्तिलाई रजिष्टार नियुत्ति गर्नु पर्ने धराणा राख्छन । राम्रो काम हुँदा खुसी र नराम्रो हुदा दुःखी हुने भनेको स्थानीय नै भएका कारण यसपटक स्थानीयलाई प्राथमिकता दिनुपर्ने उनको मत छ ।

महिला सञ्जाल धरानकी पुर्व अध्यक्ष तथा नागरिक अगुवा शिला बज्राचार्य हरेक पटक बाहिरको रजिष्टार नियुत्ति हुँदा अपनत्व नहुने भएका कारण उनीहरुलाई प्रतिष्ठानको माया नहुने र उनीहरु तलब भत्ताका लागि मात्र रजिष्टार बन्ने गरेका कारण प्रतिष्ठान धराशायी बनेको उनको बुझाई छ । यस्तो अबस्था सम्पुर्ण धरानबासीका लागि दुर्भाग्य भएका कारण स्थानीयलाई रजिष्टार बनाउनुपर्ने उनको धारणा छ ।

राप्रपा धरानका अध्यक्ष जुद्ध लोहनी प्रतिष्ठान लुट मच्चाउने स्थान मात्र भएको र भ्रष्टहरुको अखडा बनेका कारण त्यसलाई तोड्न पनि स्थानीय र प्रतिष्ठान बुझेको ब्यत्ति रजिष्टार हुनुपर्ने धारणा राख्छन । सकरात्मक सोच भएको र पतित नभएको मानिस मात्र रजिष्टार बन्न योग्य भएका हिसावले त्यस्ता मानिसलाई अघि बढाउनुपर्ने उनी बताउँछन ।

प्रतिष्ठानका चिकित्सक डा.सुर्य रिमाल प्रतिष्ठानमा कार्यरत दक्ष ब्यत्तिलाई रजिष्टार नियुत्ति भए प्रतिष्ठानको बृहत्तर बिकास हुने धारणा राख्छन । रजिष्टार कर्मचारी र प्रशासनलाई जोडने एउटा पुल भएका कारण पनि सहज हुने बताउँछन । बिपि प्रतिष्ठान नर्सिंङ बिभाग प्रमुख डा. तारा शाह पनि रजिष्टार चाँहि प्रतिष्ठान बुझेको र कुशल ब्यत्ति नियुत्ति हुनुपर्ने बताउँछिन ।

रजिष्टार नियुत्ति प्रक्रिया

प्रतिष्ठानमा रहेका मुख्य ४ वटा पदमध्ये रजिष्टार पनि एक हो । रजिष्टार प्रशासनिक पद भएका हिसावले यो पद महत्वपुर्ण मानिन्छ । सो पदमा धरानबाट २ जना र बाहिरबाट २ जना लबिङमा लागेका छन । रजिष्टार नियुत्तिका लागि फाईल प्रधानमन्त्रीकहाँ पुगेपनि सो निर्णय भएको छैन । केही आकाँक्षी स्वास्थ्यमन्त्री भानुभत्त ढकाल समक्ष पुगेका छन भने केही आँकाक्षी अन्य ब्यत्तिहरुबाट समेत लबिङमा छन । केही महिनाअघि भिसीमा बिराटनगरका डा.ज्ञानेन्द्र गिरी नियुत्ति भईसकेका छन ।

को को छन रजिष्टार बन्ने दौडमा ?

प्रतिष्ठानको रजिष्टार बन्ने दौडमा यतिबेला ४ जना ब्यत्तिहरु खुलेर लागेका छन भने अन्य केही ब्यत्तिहरु समेत आकाँक्षी देखिएका छन । सो पदमा धरानबाट प्रकाशित ब्लाष्ट दैनिकका सम्पादक किशोरकुमार कार्की, बिराटनगरको मकालु टिभिका पुर्व कार्यकारी प्रमुख धर्मराज ढकाल, युनाईटेट टेलिकम (युटिएल) का रामप्रसाद पञ्जियार र बिपि प्रतिष्ठान धरानमा लामो समयदेखि कार्यरत गाईनोकोलोजिष्ट डा.मोहनचन्द्र रेग्मी आकाँक्षी रहेका छन । अन्य आकाँक्षी समेत देखिएपनि उनीहरु खुलेर लागेका छैनन तरपनि लबिङमा भने लागेका छन ।

प्रतिक्रिया

सम्बन्धित