एसईईको नतिजा एक महिनाभित्रमा प्रकाशित हुने

काठमाडौँ । सरकारले विद्यालयको आन्तरिक मूल्यांकन आधारमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनामा प्रकाशित हुने भएको छ । कोरोनाभाइरस संक्रमणको जोखिमका कारण परीक्षा सञ्चालन गर्न नसकिने भएकोले आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने भएका हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले एक महिनाभित्रमा एसईईको नतिजा सार्वजनिक गरिने बताएका हुन् ।

यसका लागि विद्यालयले विद्यार्थीहरुको विवरा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा पठाउनेछन् । इकाइले राष्ट्रिय परीक्ष बोर्डमा विद्यालयहरुले पठाएको विवराण पेश गरेपछि कार्यविधि अनुसार नतिजा प्रकाशन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित