महिला रोएको आवाज आएपछि उग्रचण्डी भगवती माईको शीलामा पसिना आयो– पुजारी कर्माचार्य

काभ्रे । काभ्रेको नालास्थित उग्रचण्डी भगवती माईको शीलामा पसिना आएको छ । बुधबार बिहान उग्रचण्डी भगवती माईको शीलामा पसिना आएको पुजारी सिद्धिबहादुर कर्माचार्यले बताएका छन् । उनकाअनुसार बुधबार बिहान पौने ७ बजे मन्दिर परिसरभित्र महिला रोएको आवाज स्थानीय मंगल श्रेष्ठ र राजेन्द्र श्रेष्ठले सुनेको बताए

महिला रोएको आवाज आएपछि उग्रचण्डी भगवती माईको शीलाबाट पसिना आउन थालेको पुजारी कर्माचार्यले बताए । भगवती माईको शीलामा पसिना आउनुलाई अनिष्टको पूर्व संकेतको रुपमा लिइन्छ । भगवती माईको शीलामा पसिना आएपछि पुजारीहरुले तत्काल क्षमा पूजा गर्ने चलन रहेको छ ।

यसअघि २०७१ साल कात्तिक १५ गते पनि भगवती माईको शीलामा पसिना आएको थियो । यसको ६ महिनापछि २०७२ साल वैशाख १२ गते शक्तिशाली भूकम्प गएको थियो । साथै १ सय ९४ वर्षअघि भगवती माईको सिलामा रगत र पसिना आएको पुजारी कर्माचार्यले जानकारी दिए । क्यानडानेपाल

प्रतिक्रिया

सम्बन्धित