एक महिनामा नेपालमा कोरोना संक्रमित संख्या १५ हजार पुग्न सक्ने

काठमान्डाैं / स्वास्थ्यब तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अबको एक महिनाभित्र नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १५ हजार पुग्ने बताएका छन् ।

एक संस्थाले गरेको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले एक महिनामै १५ हजार संक्रमित थपिने बताए । ‘संक्रमित संख्या दुई हजार नाघिसक्यो’, ढकालले भने, ‘अबको एक महिनाबीचमा यो बढेर १० देखि १५ हजार पुग्न सक्छ ।’

बुधबार २०१ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । मन्त्री ढकालले सम्भावित चुनौती सामना गर्ने गरी मन्त्रालयले काम अघि बढाएको बताए । उनले संक्रमितमध्ये पाँच प्रतिशतलाई भेन्टिलेटरमा राख्नुपर्ने भएकाले सरकार त्यसको व्यवस्थापनमा जुटेको उल्लेख गरे । उनले उपचार विधिमा समेत फरक शैली अपनाइने बताए ।

प्रतिक्रिया

सम्बन्धित