लकडाउनका बेला अभिभावकलाई ‘मुर्गा’ बनाउँदै निजी विद्यालयहरू, धमाधम शुल्क लिन थाले

काठमाडौं । लकडाउनका कारण तीन महिनादेखि शैक्षिक संस्था बन्द भएको भएपनि निजी शैक्षिक संस्थाहरूले जबर्जस्ती मासिक शुल्क लिने तयारी गरेका छन् । सरकारले बन्द अबधिको शुल्क लिन नपाउने निर्णय गरेको भएपनि त्यसको ठाडै अबज्ञा गर्दै निजी विद्यालयहरूले मासिक शुल्क लिने तयारी गरेका हुन् । केही समयदेखि अनलाइन कक्षाका नाममा दैनिक एक डेढ घण्टा मात्रै समय दिने गरेका शिक्षकहरूका लागि तलब दिनुपर्छ भन्दै निजी विद्यालयहरूले सरकारको निर्देशनलाई ठाडै अबज्ञा गर्न खोजेका छन् ।

बिभिन्न पार्टी आबद्ध व्याक्तिहरूले पनि ठूला निजी शैक्षिक संस्था र निजी अस्पताल संचालन गरेका कारण पनि सरकारको निर्देशनलाई अबज्ञा गर्ने, तोकिएभन्दा बढी शुल्क लिदै आएका छन् । निजी शैक्षिक संस्थाहरूले केही दिनदेखि अभिभाबकसंग अनलाइन बैठक राख्ने दैनिक डेढ घण्टा मात्र समय दिएका शिक्षकहरूप्रति लक्षित गर्दै आफ्ना शिक्षकहरूले निकै मेहनत गरेका छन् त्यसैले तलब दिनुपर्छ तपाईहरूले पनि शुल्क दिनुपर्छ भनी दबाब दिने गरेको अभिभाबकहरूको गुनासो छ ।

बुधबार मल्पीसिटी स्कुलकी प्रिन्सिपल अनिता मल्लले पनि अभिभाबकसंग अनलाइन बैठक गरी शिक्षकहरूले निकै मेहनत गरेको दाबी गर्दै भनेकि छिन्, ‘सरकारले जेसुकै निर्णय गरोस् वा सरकारको निर्णयसंग कुनै मतलब छैन तपाईहरूले शुल्क दिनुपर्छ ।’

कतिपय बिद्यार्थीले बिद्यालय परिवर्तन गर्ने सोचाइ बनाएको भएपनि लकडाउनका कारण विद्यालय परिवर्तन गर्न नसक्ने स्थितिको फाइदा उठाएर निजी विद्यालय संचालकहरूले विद्यालय संचालन नभएको भएपनि शुल्क लिन खोजेका हुन् ।

सरकारले बुधबार मात्रै असार १ गतेदेखि अनलाइन कक्षा संचालन गर्ने गरी निर्देशिका जारी गरेको छ । अर्थात असार १ गतेदेखि शुल्क लिने गरी कक्षा संचालन गर्ने निर्णय सरकारले गरेको छ । निजी शैक्षिक संस्थाहरूले असारअघिको शुल्क लिन खोजेका छन् । दैनिकनेपालबाट

प्रतिक्रिया

सम्बन्धित