स्वास्थ्यमन्त्री ढकालले पठाए आफनो निर्वाचन क्षेत्रमा स्वास्थ्य सामाग्री

बेलबारी / स्वास्थ्यमन्त्री भानुभत्त ढकालले आफनो निर्वाचन क्षेत्रमा स्वास्थ्य सामाग्रीहरु पठाएका छन । ढकालले मोरङ क्षेत्र नम्बर ३ का ४ वटा स्थानिय तहमा कोरोना रोग रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री पठाएका हुन । सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकामा ढकालले स्वास्थ्य सामाग्री पठाएका हुन ।

¥यापिट टेस्टकिट, थर्मलगन, पिपिई,सेनिटाइजर, क्याप,सर्जीकल तथा एन नाइन्टी फाएप) मास्क,पन्जा,चस्मा लगायतका सामाग्रीहरु मंगलवार मन्त्रालयका टोलीले बुझाएका छन ।मन्त्रालयले पठाएको सामाग्रीले केहि राहत मिल्ने बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । मन्त्री ढकालले यस अघि पनि स्वास्थ्य सामाग्री आफनो निर्वाचन क्षेत्रमा पठाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित