एनआरएनलाई एक्सपर्टको २० हजार डलर सहयोग

एक्सपर्ट फाउन्डेसनले नेपाली विध्यार्थीहरुको सहयोगमा जुटेको गैर आवासिय नेपाली संघ अस्ट्रेलियालाई २० हजार डलर सहयोग गरेको छ । एक्सपर्टको सीड्नीस्थीत कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फाउन्डेसनका संरक्षकद्वय बद्री अर्याल र सञ्जिव शर्माले उक्त चेक एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष कोषाध्यक्ष अनिल पोखरेल सहितको टोलीलाई प्रदान गरेको छ । कार्यक्रममा एनआरएन आईसीसीका उपाध्यक्ष मन केसी, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुंङ, प्रवक्ता नन्द गुरुंङ, एनआरएन न्यूसाउथवेल्सका सचिव दिपक पहारी , पोखरा समाजका तारा गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै फाउन्डेसनका संरक्षक बद्री अर्यालले नेपालमा भूकम्प गएको बेला स्थापना गरिएको फाउन्डेसनले हरेक सेवाग्राहीबाट एक हजार नेपाली रुपैयाँ अथवा १० अष्ट्रेलियन डलर फाउन्डेसनको कोषमा जाने व्यवस्था मिलाई सामाजिक दायित्व पूरा गरिरहेको बताए । बिदेशमा रहेर ब्यवशाय गर्दैगर्दा पनि सामाजिक दायित्व जस्तो महत्वपुर्ण पाटोलाई बिर्सन नुहने भन्दै अर्यालले आफुहरुले विध्यार्थी तथा विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेको बताए ।

फाउन्डेसनका अर्का संरक्षक सञ्जिव शर्माले एनआरएन अष्ट्रेलियाले गरेको कामको प्रशंसा गर्दै एक्सपर्टले आफ्नो सामाजिक दायित्वलाई निभाउने क्रममा यस पटक विभिन्न ५३ वटा संघसंस्थालाई ५१ हजार डलर समेत प्रदान गरेको बताए । शर्माले एक्सपर्टले आफ्नो संस्था मार्फत अस्ट्रेलिया आएका करिब ६ सय विद्यार्थीहरुलाई १ लाख ७५ हजार डलर बराबरको सहयोग समेत गरिएको बताए ।

“हामीले २ लाख डलर सहयोग गर्ने घोषणा गरेका थियौं तर यो बढेर २ लाख २५ हजार जति हुन पुगेको छ ।” सन्जिवले भने । कोरोना प्रभावितहरुको लागि काम गर्न वा काम गरिरहेकाहरुलाई मात्र यस्तो सहयोग प्रदान गरिएको उनले स्पष्ट पारे । उक्त अवसरमा बोल्दै एनआरएन आईसीसीका उपाध्यक्ष मन केसीले एक्सपर्टले उदाहरणीय कार्य गरेको भन्दै समस्यामा अगाडि सरेर सहयोग गर्ने जो कोही पनि सम्मानको हकदार भएको बताए ।

उक्त अवसरमा बोल्दै एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले राहत कोषमा लगभग एक लाख डलर संकलन भइसकेको, हालसम्म १८ सय विद्यार्थीलाई खाना उपलब्ध गराइएको जानकारी दिए । एनआरएन अस्ट्रेलियामा तीन हजारभन्दा बढी नेपाली विद्यार्थीले कोरोना प्रभावित भएको भन्दै राहत माग गरेको जानकारी दिए । यस्तै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुंङले एक्सपर्टको साथले फिल्डमा खटिएका सबैमा ऊर्जा थपिने गरेको बताए । कार्यक्रममा एनआरएनका प्रवक्ता नन्द गुरुङले विध्यार्थीहरु एनआरएनको सदस्य नभएपनि उनिहरुको सहयोगमा सबैभन्दा अगाडि एनआरएन मैदानमा उत्रिएको कारण अबदेखि कसैले केहि गरेन भनेर ओला उठाउने ठाउ नरहेको सुनाए । कार्यक्रम सन्चालन गर्दै एक्सपर्टका कार्यकारी निर्देशक मन्जित घिमिरेले उलवर्थसँंग किनिएको एक लाख ७५ हजार डलरको खाद्य भौचर र पचास हजार डलर बाडिएको संस्थाहरुको नाम र सहयोग रकम पढेर सुनाएका थिए । यस पटक एक्सपर्टले कोरोनाको समस्यासँंग लड्न करिब दुइ करोड नेपाली रुपैया बराबरको सहयोग गरेको छ जुन पंशनिय रहेको छ।

प्रतिक्रिया

सम्बन्धित