विनायक सिद्ध कलेजले गरिदियाे आफ्ना शिक्षक तथा कर्मचारीको काेराेना स्वास्थ्य बिमा

काठमाडौं । काठमाडौं चावहिल स्थित विनायक सिद्ध कलेजले आफ्ना शिक्षक तथा कर्मचारीहरूको “काेराेना विषेश स्वास्थ्य बिमा” गरिदिएकाे छ । मुलुक काेराेना भाइरसका कारण आक्रान्त बनेको बेला कलेजले कक्षा ११ देखि स्नातक तह सम्म कार्यरत शिक्षक तथा कर्मचारीहरूकाे बिमा गरिदिएकाे हाे ।

कलेजले एक लाख बराबरको ६५ जना शिक्षक तथा कर्मचारीहरूकाे बिमा गरेकाे छ। कलेजले आइएमई जनरल इन्स्योरेन्स मार्फत बिमा गरेको कलेजका प्रिन्सिपल राम कृष्ण सिंखडाले बताएका छन् । यस्ताे महामारीको बेला शिक्षक तथा कर्मचारीहरूकाे स्वास्थ्य अवस्थालाई मध्येनजर गरेर कलेजले बिमा गर्नु पहिलो जिम्मेवारी भएकाले बिमा गरेकाे प्रिन्सिपलले बताए ।

काेराेनाकाे महामारी चलिरहेको बेला स्वास्थ्य क्षेत्रमा यसरी आफ्ना शिक्षक तथा कर्मचारीहरूकाे आपतकालीन स्वास्थ्य बिमा गर्नेमा विनायक सिद्व कलेज संभवत पहिलो कलेज रहेकाे सिंखडाले बताए । कलेजले बिभिन्न समयमा विभिन्न अतिरिक्त कृयाकलाप तथा सामाजिक दायित्व निर्वाह गर्दै आइरहेकाे छ ।

याे पनि पढ्नुहाेस्

बिनायक कलेजद्वारा राहत कोषमा ५० हजार सहयोग

प्रतिक्रिया

सम्बन्धित