लकडाउनले सुनसान गुराँसको राजधानी

टिमएजे । यतिबेला गुराँस ढकमक्क फुल्ने मौसम हो । यहि ढकमक्क गुराँस फुलेको हेर्न प्रदेश १ का १४ जिल्लाका साथै छिमेकी देश भारतबाट हजारौँ पर्यटक पुग्ने (टिएमजे) तिनजुरे,मिल्के र जलजले यतिबेला सुनसान छ ।

विश्वमा फैलिउको कोरोना भाईरस (कोभिड १९) का कारण नेपालमा जारी लकडाउनका कारण सो क्षेत्रमा यसपटक पर्यटक पुग्न सकेनन् । गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा यतिबेला गुराँस ढकमक्क फुलेको छ तरपनि पर्यटक नहुँदा गुराँसको सौन्दर्य फिक्का बनेको छ । टिएमजे क्षेत्र संखुवासभा, तेह्रथुम र ताप्लेजुङको तीन जिल्लाको संगम स्थल हो । सो क्षेत्रको वन यो सिजनमा राताम्य छ । ढकमक्क फुलेको गुराँसले लकडाउनका कारण आफ्नो जवानी मानिसलाई देखाउन पाएको छैन ।

यस क्षेत्रमा चैत अन्तिम सातादेखि बैशाख अन्तिम सातासम्म लाली गुराँस फुल्ने सिजन भए पनि यो बेला पनि त्यसको सौन्दर्य कम भएको छैन । वनैभरि रातै गुराँस फुलेको देखेर जो कोहीको पनि मन लोभ्याउने गर्छ । यस वर्ष विगतका वर्षहरुको तुलनामा गुराँस धेरै फुलेको स्थानीय दावा तामाङले बताए । तर, लकडाउनका कारण सो क्षेत्र सुनसान छ । लकडाउनका कारण सो क्षेत्रको ब्यापार ब्यबसाय समेत चौपट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित