कोरोना भाइरसको उपचारमा संलग्न यी भाइरल स्वास्थ्यकर्मी दम्पती

साधुसन्त बाहेक सबैजसो मानिस माया, प्रेम, सन्तान मोहजस्ता सांसरिक जीवनको बन्धनमा हुन्छन् । तर कतिपय परिस्थितिमा यस्ता केही पेसाकर्मी हुन्छन् जसलाई माया, प्रेम र घरपरिवारको बन्धनमा चाहेर पनि बस्न सक्ने अवस्था हुन्न । कोरोना भाइरसको महामारीले संसार आक्रान्त भइरहँदा स्वास्थ्यकर्मीहरु अहिले माया र प्रेममा चाहेर पनि रम्न सक्ने अवस्थामा छैनन् ।

महामारीबाट जोगिन संसारका कयौं मुलुकहरु लकडाउनमा रहँदा करोडौं मानिसहरु घरभित्रै बसिरहँदा स्वास्थ्यकर्मीहरु भने चाहेर पनि घरपरिवारसँग बस्न सकिरहेका छैनन् । स्वास्थ्यकर्मीहरु महामारीसँग अस्पतालका शैयामा छटपटाइरहेका विरामीको उपचारमा तल्लिन छन् । घरपरिवार नै नभनिकन विरामीको उपचारमा क्रियाशिल भइरहेका एक स्वास्थ्यकर्मीहरुको जोडीको तस्वीर भने अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अमेरिकाको फ्लोरिडास्थित टाम्पा जनरल अस्पतालमा कार्यरत मिन्डी ब्रूक र बेन कायेरको जोडीले एक अर्कालाई समाएर आँखामा आँखा जुधाएको तस्वीरले कयौँ मानिसलाई भावुक बनाएको छ । नर्स दम्पती मिन्डी र बेन दुवैलाई बिरामीलाई श्वासप्रश्वासमा सहज हुने ट्युब जोडिदिने कार्यमा खटाइएको छ । उक्त काममा निरन्तर खटिएका उनीहरुले एकअर्कालाई छुन पनि पाउँदैनन् । पाइहाले पनि सुरक्षा उपकरण लगाउनुपर्ने बाध्यता छ ।

कयौं दिनदेखि विरामीको उपचारमा खटिरहेका उनीहरुले कामको बोझकैबीच पीपीईमा नै एकअर्कालाई हेर्दै माया साट्ने प्रयत्न गरेका हुन् । नर्सिङ पढ्दा प्रेममा परेक उनीहरुले पाँच वर्षअघि विवाह गरेका थिए । अहिले दुबै जना विरामीको सेवामा क्रियाशिल छन् । एजेन्सी –

प्रतिक्रिया

सम्बन्धित