तीन स्वास्थ्यकर्मीसहित धनकुटामा थप ५ जनामा देखियाे कोरोना संक्रमण

इटहरी / धनकुटामा तीन स्वास्थ्यकर्मीसहित थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । बिपि कोइराला स्वास्थ्य प्रतिष्ठानमा गरिएको परिक्षणमा उनिहरु ५ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।

राती ९ बजेसम्मको परीक्षण रिपोर्ट अनुसार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक जना महिला चार जना पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको अस्पताल श्राेतले जनाएकाे छ । जिल्ला अस्पतालमा कार्यरत ३४ बर्षीय महिलालाई कोरोना पुष्टी भएपछि आसपासका ८३ जनाको स्वाब परिक्षणको लागि लगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित