उदयपुर घर भएकै कारण नोबेलले फेरि निकाल्यो विरामी

विराटनगर । उदयपुर घर भएकै कारण विराटनगरको नोबेल मेडिकल कलेजले एक महिलालाई इमरजेन्सीबाट निकालेको छ । बुधबार विहान अस्पताल भर्ना भएकी ६० वर्षिय पुनिता कर्णलाई नोबेलले इमरजेन्सीबाटै निकालेको हो । उदयपुर गाइघाट घर भएकी कर्णलाई केहीसमय यता फोक्सोको समस्या छ । समस्या बढेपछि उनलाई छोरा रमित कर्णले नोबेल मेडिकल कलेज भर्ना गरेका थिए । तर अस्पतालले उपचार गर्न नमानेपछि कोशी अस्पताल भर्ना गरेका छन ।

पुनिताको उपचार यस अघि नोबेलमा हुँदै आएको थियो । तर बुधबार भने चिकित्सकले नहेरी रेफर गरेको छोरा रमितले बताए । अस्पताल आउने क्रममा नोबेलको गेटमा विरामीको ज्वरो नापेर इमरजेन्सीमा पठाएको थियो । तर अस्पतालले एक्स रे का लिएको शुल्क समेत फिर्ता गरेको उनले बताए ।
यता नोबेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नारायण दाहालले उदयपुर घर भएकै कारण विरामीलाई निकालेको आफूलाई जानकारी नभएको बताए । नोबेल मेडिकल कलेजले १९ बैशाखमा उदयपुरबाट आएका विरामीलाई अप्रेशन थिएटरबाट निकालेको थियो ।

१७ बैशाखमा पनि उदयपुर गाईघाट घर भएकी महिलालाई अप्रेशन थिएटरबाट निकालेर कोशी अस्पताल रेफर गरेको थियो । नोबेल मेडिकल कलेजले १९ बैशाखमा उदयपुर त्रियुगा नगरपालिका– ६ घनचक्रेका १६ वर्षिय भीमबहादुर खत्री र १७ बैशाखमा प्रसूतिका लागि भर्ना भएकी उदयपुर गाइघाट–११ की सरस्वती रौनियारलाई अप्रेशन थिएटरबाट निकालेर कोशी अस्पताल रेफर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित