बिनायक कलेजद्वारा राहत कोषमा ५० हजार सहयोग

काठमान्डाैं /चाबहिल स्थित बिनायक सिद्ध कलेजले राहत कोषमा ५० हजार सहयोग गरेकाे छ । काठमाण्डौ महानगरपालिका वडा न ७ मा रहेको सामाजिक राहत कोषमा ५० हजार नेपाली रुपैया सहयाेग गरेकाे हाे ।

शिक्षाको क्षेत्रबाट समाजको परिबर्तनको बृहत् परिकल्पना सहित अघि बढिरहेको बिनायक सिद्ध कलेजले आर्थिक रुपमा पनि सामाजिक गतिविधिमा अग्रसर रहेको छ। उक्त आर्थिक सहयोग हस्तान्तरण कलेजका कोर्डिनेटर तिर्थमणी दहाल लगाएत कलेजका संचालक समिती मार्फत का. म. न. पा का मेयर बिद्या सुन्दर शाक्य र वडा न ७ का वडा अध्यक्ष शुद्ध कुमार डंगोलले संयुक्त रूपमा हस्तान्तरण गरिएको हो।

विश्व कोरोना महामारीले विश्व नै आतंकित बनाईरहेको स्थितिमा सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्छ र जो कोहि नेपाली नागरिक पनि उपचार बिहिन तथा भोको पेट बस्नु नपरोस भन्ने उदेश्य अनुरुप उक्त रकम राहत स्वरुप सहयोग गरिएको कलेजका प्रिन्सिपल रामकृष्ण सिम्खडाले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित